Home / ट्रेन्डिङ्ग / दमकमा महिला संघ स्थापना दिवस मनाईयो

दमकमा महिला संघ स्थापना दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/साउन २४/
नेपाली कांग्रेसको भगिनि संगठन नेपाल महिला संघले आज आफ्नो ७१ औं स्थापना दिवस मनाएको छ । सोही क्रममा महिला संघ दमक नगर समितिले पनि एक औपचारीक कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस नगर समितिको हलमा आयोजीत कार्यक्रमका वक्ताहरुले मुलुको व्यवस्था परिवर्तनमा महिला संघको भुमिका उल्लेख्य रहेकोमा जोड दिएका छन् । मुलुकका हरेक आन्दोलनहरुमा महिलाहरुले अग्रणि भुमिका निर्वाह गरे पनि कानुनले बाध्य पारेको ठाउँ बाहेक महिला नेतृत्व अभैm पनि सर्व स्विकार्य नभएको भन्दै महिला नेतृहरुले गुनासो गरेका छन् । हरेक स्थानिय तहका प्रमुख उप प्रमुख मध्ये एक जना महिला हुनै पर्ने कानुनी बाध्यता विच पनि प्राय सबै ठाउँमा महिलालाई उप प्रमुखको जिम्मेवारी दिएको भन्दै कार्यक्रमका वक्ताहरुले महिलाले अवसर पाएमा पुरुषको भन्दा अब्बल नेतृत्व सञ्चालन गर्न सक्ने बताएका छन् ।
कांग्रेस महासमिति सदस्य शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टि जिल्ला सदस्य मेनुका बुढाथोकी, क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी, महाधिवेसन प्रतिनिधिहरु रेगिना भट्टराई प्रसाई र रोशन गौतम, नगर सभापती रोशन विष्ट र महिला संघ जिल्ला सदस्य कुन्ता नेपालले बोल्नु भएको कार्यक्रमकी सभापती तथा महिला संघ दमक नगर सभापती मन्दरा पौडेलले जानकारी दिनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...