Home / ट्रेन्डिङ्ग / दमक १० को शिव मन्दिर निर्माणमा भ्रष्टचार गर्ने चन्द्र बहादुर विष्ट र नारद भण्डारी कारबाहीमा

दमक १० को शिव मन्दिर निर्माणमा भ्रष्टचार गर्ने चन्द्र बहादुर विष्ट र नारद भण्डारी कारबाहीमा

सप्तरङ्गी एफ.एम. दमक/साउन २४/
दमक वडा नम्बर १० मा रहेको शिव मन्दिर निर्माणको क्रममा भ्रष्टचार भएको पाईएको भन्दै आज भएको उपभोक्ता र मन्दिर समितिको संयुक्त बैठकले निर्माण समितिका सचिव चन्द्र बहादुर विष्ट र सदस्य नारद भण्डारीलाई समितिबाट निष्कासन गर्ने कारबाही गर्दै सम्पुर्ण हिसाब १५ दिन भित्र बुझाउन निर्देशन दिएको छ । विष्ट र भण्डारी द्वयले समिति र ठेकेदार कसै संग सल्लाहनै नगरी बजार मुल्य भन्दा धेरै मुल्यमा तार जाली खरिद गरेको, बिल भर्पाई पनि समितिमा नबुझाएको लगायतका कारणले गर्दा भ्रष्टचार गरेको ठहर गर्दै दुवै जनालाई मन्दिर समितिको कुनै पनि पदमा रहन अयोग्य ठहर गर्दै निश्कासन गरिएको मन्दिर समितिका अध्यक्ष राम प्रसाद लुईंटेलले जानकारी दिनुभयो ।
निर्माण समितिका सचिव विष्ट र सदस्य भण्डारीले बजारमा ३० रुपैयाँ स्क्वायर फिटमा पाईने तार जाली ४० रुपैयाँ स्क्वायर फिटमा ल्याएको भन्दै बिल देखाएको र उपभोक्ताले बिरोध गरेपछि पुन ३६ रुपैयाँ स्क्वायर फिटमा ल्याएको भन्दै अर्को बिल पेश गरेको स्रोतले बताएको छ । २ लाख १ हजार रुपैयाँमा निर्माण सक्नको लागी ठेक्का संझौता भएको मन्दिरको तार जाली खरिदमा भएको भ्रष्टारले घेराबारा निर्माण कार्य रोकिएपछि उपभोक्ताले बिरोध गर्दा नेकपा सम्बद्ध बिष्ट र भण्डारीले आफुहरुको सरकाररहेकोले कसैले केहि गर्न नसक्ने भन्दै धम्क्याउँदै आएको स्रोतले बतायो ।
बिष्ट र भण्डारीले तार जाली खरिद गर्दा भ्रष्टार गरेको पाईएपछि उभोक्ताको चर्को दबाबमा दुवै जनालाई कारबाही गरिएको मन्दिर समितिले जनाएको छ । उनिहरुलाई मन्दिरको कुनै पनि पदमा नरहने कारबाही गर्दै हाल सम्म बजार बाट खरिद गरिएको तारजालीको सम्पुर्ण बिल भर्पाई र मन्दिर निर्माण सम्बन्धि सम्पुर्ण कागजातहरु १५ दिन भित्रमा समितिमा बुझाउन पनि निर्देशन दिईएको छ । त्यस्तै भेलाले ७ दिन भित्रमा मन्दिरको निर्माण सम्पन्न गर्नको लागी ठेकेदारलाई निर्देशन गर्ने समेत आजको भेलाले निर्णय गरेको मन्दिर अध्यक्ष लुईंटेलले जानकारी दिनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...