Home / प्रदेश समाचार / प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुल्लै ,केन्द्रीय सरकार र प्रदेश सरकारबीच तालमेल नमिल्दा संघियताको अभ्यासमा समस्या ।

प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुल्लै ,केन्द्रीय सरकार र प्रदेश सरकारबीच तालमेल नमिल्दा संघियताको अभ्यासमा समस्या ।

सप्तरङ्गी एफ.एम. / गौरादह /साउन २४ ,२०७५

विश्व आदिवासी दिवसको अवसरमा आज प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुलेका छन् ।

गृह मन्त्रालयले बिदाको सूचना नपठाएपछि संघीय सरकार अन्तरगतका जिल्ला प्रशासन, प्रहरी, मालपोत, नापी लगायतका कार्यालय खुलेका हुन ।

कसको आदेश मान्ने अन्योलमा रहेका संघीय सरकार अन्तर्गतका कर्मचारी विदाको विषयमा खुलेर बोल्न सकेका छैनन् ।
बिदा गरे केन्द्रबाट सम्पर्क गरे वा कुनै तथ्यांक खोजे के जवाफ दिने भन्ने समस्याका कारण कार्यालय खुलाएका कर्मचारीलाई प्रदेशको निर्णय नमानेको आरोप लाग्न सक्ने समस्या देखिएको छ । त्यसैले पनि उनीहरु खुलेर बोल्न सकेका छैनन् ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, मोरङका रमेश केसी, सुनसरी प्रेमप्रकाश उप्रेतीलगायतले संघीय सरकारको गृहमन्त्रालयले निर्देशन नदिएसम्म आदिवासी जनजाति दिवसको नाममा र्सावजनिक विदा नमान्ने बताउनु भयो ।

प्रदेश १ का सभामुख प्रदीप भण्डारीले प्रदेश सरकारले ४ वटा विदा थपेको निर्णय राजपत्रमा मै प्रकाशित गरेको बताउनुभयो । भण्डारीले प्रदेश सरकारले गरेको निर्णयलाई कसले मान्यो कसले मानेन भन्ने चाही थाहा नभएको बताउनु भयो ।

प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरिसकेको निर्णयलाई संघीय सरकार मातहत रहेका प्रशासनका कार्यालय र कर्मचारीले अस्वीकार गर्नु संघीयताको अभ्यासमा ठेस पुगेको र केन्द्रीय सरकार र प्रदेश सरकारबीच तालमेल नमिलेको संकेत देखिएको प्रदेश १ को सार्वजनिक विदाको प्रकरणले देखाएको छ ।

प्रशासन कार्यालय र कमचारीहरुले आदिवासी जनजातिको नाममा दिएको विदाको अवज्ञा गरेकोमा जनजाति अगुवाहरु रुष्ट भएका छन् ।

x

Check Also

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला ...