Home / ट्रेन्डिङ्ग / विभिन्न जात जातिहरुको बसोबास रहेको गौरादह नगरपालिकामा सबैको अपनत्व कायम हुनेछ : नगर प्रमुख रोहित कुमार शाह

विभिन्न जात जातिहरुको बसोबास रहेको गौरादह नगरपालिकामा सबैको अपनत्व कायम हुनेछ : नगर प्रमुख रोहित कुमार शाह

सप्तरङ्गी एफ.एम. गौरादह/साउन २४/
नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय समिति गौरादहले २४ औं अन्तराष्ट्रिय आदिवासी जनजाती दिवस विविध कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ । गौरादह नगरपालिका वडा नं. ७ को ग्वालडुब्बा बजारमा आयोजना गरिएको आदीवासी दिवस मा विभिन्न जातजातिहरुले आफ्नो जातिय पोशाक मा सजिएर सांस्कृतिक पहिचान झल्कने नृत्य तथा झाँकी प्रदर्शन गरेका थिए । नेपाल आदीवासी जनजाति महासंघ गौरादह नगर समन्वय समिति अध्यक्ष विश्वराज घिसिङ को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रोहित कुमार शाह ले विभिन्न जात जातिहरुको बसोबास रहेको गौरादह नगरपालिका मा सबैको अपनत्व कायम हुने कार्य नगरपालिकाले सञ्चालन गरेको बताउनुभयो । नगर प्रमुख शाहले सबै जातजातिको भाषा संस्कृती रहनसहन र पहिचान लाई सुरक्षा गर्नसके मात्र नगर को विकास सम्भव रहेको बताए । यस अवसरमा आदीवासी जनजाति महासंघ जिल्ला समन्वय समिति उपाध्यक्ष भरत श्रेष्ठ, ताजपुरीया समाज कल्याण परिषद केन्द्रिय अध्यक्ष गंगाराम ताजपुरीया, नेपाल कम्युनिष्ट पार्टीका मित्रदेव काफ्ले, संघीय समाजवादीका नितेश्वर झा, राजवंशी समाज विकास समिति नगर अध्यक्ष रघुनाथ राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...