Home / ताजा समाचार / २४ औं अन्तराष्ट्रिय आदिवासी दिवशको अवसरमा विविध कार्यक्रम

२४ औं अन्तराष्ट्रिय आदिवासी दिवशको अवसरमा विविध कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक / साउन २४, २०७५

२४ औं अन्तराष्ट्रिय आदिवासी दिवशको अवसरमा आज देशभर विविध कार्यक्रम सम्पन्न भएका छन् । दमकमा आदिवासी जनजाति महासंघ दमक नगर समितिको आयोजना तथा दमक नगर पालिकाको सहयोगमा नाराजुलुस सहित निकालेको र्याली दमक बजार क्षेत्र परिक्रममा पछि साँस्कृतिक कार्यक्रम तथा सभा सम्पन्न भएको छ ।

आदिवासी जनजाती महासंघ दमक नगर समितिका अध्यक्ष गुमानसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा झयाँकी, नृत्य सहित नेतृत्वहरुबाट आदिवासीको अधिकार सुनिश्चित गर्न दवावमुलक कार्यक्रम प्रस्तुत भएका छन् । कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका प्रमुख रोमनाथ ओली, वडा अध्यक्ष इन्द्र कुमार गुरुङ्ग, लगायतले आदिवासी जनजातिको अधिकारका लागि राज्यले विशेष प्राथमिकता दिएको बताउनुभयो ।

यता आदिवासी जनजाति महासंघ कमल गाऊँपालिकाले आदिवासी रंगशालामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ झापा जिल्लाका उपाध्यक्ष पर्शुराम ताजपुरियाले आदिवासीको अधिकार प्राप्तीमा राज्य अझै उदासिन भएको बताउनु भएको छ । गाऊँ पालिकाका अध्यक्ष सुर्य योकदाङ्देम लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा रंगशालाका अध्यक्ष हुकुमसिंह राई, कलम गाऊँ पालिका वडा नम्बर १ का अध्यक्ष केदार कटुवाल, प्रताव सुव्बा लगायत बोल्नु भएको छ ।

आदिवासी दिवशको अवसरमा झापामा रहेका २ दर्जन भन्दा धेरै जातजातिले आफ्नो पहिरन, नृत्य र संस्कार झल्कने विविध कार्यक्रमहरु प्रस्तुत गरेका छन् । उता नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय समिति गौरादहले पनि २४ औं अन्तराष्ट्रिय आदिवासी जनजाती दिवस विविध कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ । गौरादह नगरपालिका वडा नं. ७ को ग्वालडुब्बा बजारमा आयोजना गरिएको आदीवासी दिवस मा विभिन्न जातजातिहरुले आफ्नो जातिय पोशाक मा सजिएर सांस्कृतिक पहिचान झल्कने नृत्य तथा झाँकी प्रदर्शन गरेका थिए ।

x

Check Also

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...

सामुदायिक प्रहरी दमकद्धारा परिचयात्मकसहित अन्तरकृया

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ सामुदायिक प्रहरी सेवा केन्द्रले आज इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आउनुभएका ...

गुरुकुलका बटुकले धान्दै नाग पञ्चमी पर्व

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ आज नाग पञ्चमी नागको पुजा गरी मनाईएको छ । पछिल्लो समय ...

दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीद्वारा बृक्षरोपण

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले दमक–६ स्थित द एभरेष्ट बचत ...