Home / प्रदेश समाचार / झापा बाह्रदसीको मनकामना सामुदायिक वनले आफ्ना सेवा क्षेत्रभित्र विद्युत् विस्तार गरेपछि घर–घरमा उज्यालो , उपभोक्ताले वर्षाैदेखि तिर्न बाँकी रहेको विद्युत् महसुल समेत बनद्वारा भुक्तानी

झापा बाह्रदसीको मनकामना सामुदायिक वनले आफ्ना सेवा क्षेत्रभित्र विद्युत् विस्तार गरेपछि घर–घरमा उज्यालो , उपभोक्ताले वर्षाैदेखि तिर्न बाँकी रहेको विद्युत् महसुल समेत बनद्वारा भुक्तानी

सप्तरङ्गी एफ.एम. दमक/साउन २५ , २०७५
झापाको वाह्रदशी गाउँपालिका–२ र ३ मा पर्ने मनकामना सामुदायिक वनले आफ्ना सेवा क्षेत्रभित्र विद्युत् विस्तार गर्दै घर–घरमा उज्यालो पु¥याए पछि गाउँलेहरु हर्षित भएका छन् । सामुदायिक वनकै नेतृत्वमा २०६०÷०६१ सालबाट ग्रामीण संयुक्त वडा विकास विद्युतीकरण कार्यक्रम सञ्चालन गर्दै हाल नौ सय ५६ घरमा विद्युत् सेवा उपलब्ध गराएको हो । यस अघि सो क्षेत्रका स्थानीयवासी टुकीकै भरमा बस्न बाध्य थिए ।
सामुदायिक वनले गाउँमा विद्युत् मात्र पु¥याएन उपभोक्ताले वर्षाैदेखि तिर्न बाँकी रहेको विद्युत् महसुल समेत तिर्दै उपभोक्तालाई विद्युत् महसुलको ऋणबाट मुक्त बनाएको छ । सामुदायिक वनले आफ्ना उपभोक्ताका लागि नेपाल विद्युत् प्राधिकरण अनारमनी बितरण केन्द्रलाई ५७ लाख रुपैयाँ एकमुष्ठ वुझाएको मनकामना सामुदायिक वनका अध्यक्ष तुलसी ढकालले बताउनु भयो । ढकालका अनुसार गाउँमा विद्युत् बिस्तार गर्दा बाँकी रहेको र महसुल वापतको रकम प्राधिकरणलाई वुझाइएको हो ।

सामुदायिक वनले आफ्ना उपभोक्तासंग सहकार्य गर्दै नेपाल सरकारसंग ८०–२० को कार्यक्रम सञ्चालन गरेपछि अहिले साविक राजगढको बजार दक्षिण तर्फका सर्वसाधारण लाभान्वित भएका छन् । अझै पनि राजगढसहित वाह्रदशी गाउँपालिकाका सवैको घरमा विद्युत्को पहुँच पुगेको छैन । गाउँपालिकाले एक वर्ष अघिबाट आफ्नो गाउँलाई उज्यालो गाउँपालिका घोषणा गर्ने भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालूआर्थिक वर्षका लागि पनि गाउँपालिकाले एक करोड रुपैयाँ वजेट विनियोजन गरेको गाउँँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले जानकारी दिनुभयो ।

सामुदायिक वनको एक्लो प्रयासमा एकैपटक यतिधेरै घरधुरीमा विद्युत् विस्तार हुनु तथा वर्षाैदेखि तिर्न बाँकी रकम पनि सामुदायिक वनले नै तिरिदिनुले राजगढवासी हर्षित भएका छन् ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...