Home / ताजा समाचार / दमक–६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक साधारणसभा सम्पन्न

दमक–६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक साउन २५ ,  २०७५

दमक–६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो  सातौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रम गरि संस्थाले आफ्नो  साधारणसभा सम्पन्न गरेको हो ।


साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल) ले अध्यक्षको प्रतिवेदन र लेखा संयोजक विरेन्द्र पौडेलले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्नुका साथै संस्थामा उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । प्रस्तुत दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरेको थियो । त्यस अवसरमा संस्थाले १६ जना उत्कृष्ट कारोवारी शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको व्यवस्थापक विनोदकुमार मिश्रले बताउनुभयो ।

यसैगरि संस्थाको आगामी चार वर्षे कार्यकालको लागि विष्णुप्रसाद न्यौपाने, राजकुमार भट्टराई गायत्री पौडेल रामप्रसाद दाहाल,बिरेन्द्र पौडेल यशोदा भट्टराई,योगेस गुरागाई पशुपति अधिकारी, डम्बर श्रेष्ठ ,सरस्वती बराल र देवेन्द्र वराल रहनुभएको संचालक समिति सर्बसम्मत चयन गरिएको छ । समितिले पहिलो बैठकले अध्यक्ष सहित अन्य पदाधिकारीको नाम टुंगो लगाउने संस्थाका निबर्तमान अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिनुभयो ।  त्यस्तै, मातृका पौडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिपबेक्षण समिति समेत गठन गरेको छ ,  समितिको सदस्यमा सन्जिब बराल र लक्ष्मण कार्की चयन हुनुभएको गुरागाईंले जानकारी दिनुभयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...