Home / ताजा समाचार / नेवा:देय:दबु: द्वारा झापाको कचनकवल दुई सुकुनाडिगीमा रहेको निर्माणाधीन सामुदायीक भवनका लागि रु २५००० मूल्य बराबरको सिलिङ्ग पंखा हस्तान्तरण

नेवा:देय:दबु: द्वारा झापाको कचनकवल दुई सुकुनाडिगीमा रहेको निर्माणाधीन सामुदायीक भवनका लागि रु २५००० मूल्य बराबरको सिलिङ्ग पंखा हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/साउन २५ , २०७५

झापाको कचनकवल दुई सुकुनाडिगीमा रहेको निर्माणाधीन सामुदायीक भवनका लागि सुक्रबार दश थान सिलिङ्ग पंखा हस्तान्तरण गरिएको छ ।

कचनकवलमा रहेका नेवारी समुदायको साझा संस्था नेवा:देय:दबु: ले आज एक कार्यक्रमको आयोजना गरि रु २५००० मूल्य बराबरको उक्त सिलिङ्ग पंखा भवन व्यवस्थापन समितिका अध्यक्ष गीता प्रसाद भट्टराईलाई हस्तान्तरण गरेको हो।

संस्थाको उदेश्य अनुरुप सामाजिक कार्य अन्तर्गत पंखा हस्तान्तरण गरेर जडान समेत गरिदिएको संस्थाका सल्लाहकार समिति सदस्य डिल्ली श्रेष्ठले जानकारी दिनुभयो ।

साथै सोहि कार्यक्रममा स्थानीय सामाजिक अगुवा लेखनाथ खत्रीले भवनको ढोका निर्माणका लागि रु चार हजार सहयोग गर्नुभएको छ । आफ्नो सामाजिक दायित्व पुरा गर्न आफुले व्यक्तिगत भएपनि उक्त रकम भवन व्यवस्थापन समितिका अध्यक्ष भट्टराईलाई हस्तान्तरण गरेको खत्रीले बताउनु भयो।

कार्यक्रम नेवा:देय:दबु: कचनकवलका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

x

Check Also

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय ...

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...