Home / ट्रेन्डिङ्ग / मेलान झापाको जिल्ला समिति पूर्नगठित

मेलान झापाको जिल्ला समिति पूर्नगठित

सप्तरङ्गी एफ.एम. दमक/साउन २५/
मेडिकल ल्यावोरेटरी एशोसिएन अफ नेपाल पाल (मेलान) झापा जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ ।
दमक चौकस्थित दमक रिफरल ल्यावको सभाहलमा विहिबार सम्पन्न मेलानमा आवद्ध ल्यावोरेटरीहरुको भेलाले जिल्ला कार्यसमिति पूर्नगठन गरिएको हो । पूर्नगठित जिल्ला समितिको अध्यक्षमा तारकेश्वर यादव चुनिएका छन् । ११ सदस्यीय गठित जिल्ला समितिको उपाध्यक्षमा अमितराज पाण्डे,सचिवमा रञ्जितकुमार महतो,सहसचिवमा पर्शुराम पौडेल( दिपक ) र कोषाध्यक्षमा भूमिका लामिछाने ( ढकाल ) चुनिएका छन् । यसैगरि सदस्यहरुमा सुस्मत निरौला,दीपेन्द्र मोची,विनोद अधिकारी,नारायण घिमीरे,पुरन सापकोटा,सविना बल र बबिन सुन्च्युरी रहेका छन् ।
यसैगरि जिल्ला भेलाले प्याथोजिष्ट डाक्टर गुरुराज मैनालीको संयोजकत्वमा ६ सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको छ । गठित सल्लाहकार समितिको सहसंयोजकमा अञ्जनीकुमार झा,विल्टु शाह,रोजिना कार्की,देवीप्रसाद भट्टराई र चन्द्र थापा रहेका छन् । मेलानका केन्द्रीय उपाध्यक्ष प्रयागराज पन्तको प्रमुख आतिथ्यतामा भएको सो भेलामा मेलान प्रदेश अध्यक्ष नविन खड्का ,डा. मैनालीलगायतले बोलेका थिए ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...