Home / अपराध / मोरंग विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडि बम विस्फोट

मोरंग विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडि बम विस्फोट

सप्तरङ्गगी एफ.एम. दमक/साउन २७/
मोरंग विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडि बम विस्फोट भएको छ । महानगरपालिका भवनको दोस्रो तलामा महानगर प्रमुखको कार्यकक्ष रहेको छ । प्रमुखलाई भेट्न आउनेहरूका लागि प्रतिक्षा गर्न व्यवस्था गरिएको कोठामा बम विस्फोट भएको हो । विस्फोटबाट भवनका शिशाहरू फुटेका छन् भने महानगर प्रमुख चढ्ने गाडीमा पनि क्षति पुगेको छ । प्रहरीले यसबारे अनुसन्धान शुरू गरेको छ । विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन । महानगर प्रमुख पराजुलीले कसले विस्फोट गराएको हो भन्ने खुल्न नसकेको बताउनु भयो । उहाँले अहिलेसम्म कुनै समूहबाट धम्की पनि नआएको बताउनु भयो ।
विराटनगर महानगरपालिकामा भएको बम बिस्फोटको बारेमा प्रहरीले बुझ्न महानगरपालिकामा राखिएको सिसीक्यामेराको डिभाईस नियन्त्रणमा लिएको छ । घटना स्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी सहितको टोलीले अनुसन्धान गरिरहेको छ । एक्कासी बम बिस्फोटको खबर आएपछि सुरक्षाकर्मी ब्यापक परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केसीले बताउनुभयो ।
यसै विच विस्फोटपछि महानगरको आकस्मिक बोर्ड बैठक बसीरहेको छ । महानगर प्रमुखको कार्यकक्षमा प्रहरीले प्रवेश गर्न दिएको छैन । प्रमुख कार्यकारी अधिकृतको कक्षमा बोर्ड बैठक बसेको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...