Home / ट्रेन्डिङ्ग / ईलाममा स्कुलबस दुर्घटना हुँदा १४ बिद्यार्थि घाईते

ईलाममा स्कुलबस दुर्घटना हुँदा १४ बिद्यार्थि घाईते

सप्तरङ्गी एफ.एम. दमक/साउन २८/
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा आज भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल ल्याएर उपचार भैरहेको छ ।
इलाम र पाँचथरको सीमा राँकेबाट विद्यार्थी लिएर आउँदै गरेको साखेजुङस्थित आशादीप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस दुर्घटना भएको हो । विपरीत दिशाबाट जाँदै गरेको ट्रकलाई साइड दिनेक्रममा सडकबाट करिब १५ मिटर तल खसेर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये ३ जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ । बस चालक इलाम नगर पालीका १ का ३८ वर्षे दिलबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...