Home / खेलकुद़़ / गौरादहका व्रोइलर कुखुरा पालक किसान संगठित

गौरादहका व्रोइलर कुखुरा पालक किसान संगठित

सप्तरङ्गी एफ.एम. दमक/साउन २८/
झापाको गौरादह नगरपालिका भित्रका व्रोइलर कुखुरा पाल्ने किसानहरु संगठित भएका छन् । नगरपालिका भित्र रही व्रोइलर कुखुरा पाल्ने किसानहरुलाई आइपर्ने समस्याहरुको समाधान गर्न व्रोइलर पालक किसान संघ गौरादह नगर समिति गठन गरिएको छ । गौरादह नगरपालिका वडा नं. ७ को सभाहलमा आज भएको किसानहरुको भेलाले भुपाल सिंह ताजपुरियाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा इन्दिरा पौडेल, सचिवमा छत्र वहादुर वस्नेत र कोशाध्यक्षमा टिका कार्की चयन हुनु भएको छ । सदस्यहरुमा सिता राई, ललित कार्की, निर्मला कट्टेल, फडिन्द्र पोमु, केशव सापकोटा, चन्द्र वहादुर गिरी र कृष्ण थापा रहनु भएको छ । सोही भेलाले राजेश राइको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ । व्रोइलर कुखुरा पालक किसान संघ जिल्ला अध्यक्ष राजन पौडेलले व्रोइलर कुखुरा पाल्ने किसानहरु संगठित नहुदा कुखुराका चल्ला विक्री वितरण र कुखुराको लागी प्रयोग गरिने दानामा अत्याधिक मुल्यमा खरिद गर्नुका साथै भारतिय कुखुराहरु अवैध रुपमा नेपाल भित्रंदा नेपाली किसानहरु मारमा परेको वताउनुभयो । झापा जिल्ला भित्र हाल सम्म ११ वटा स्थानिय तहमा समिति गठन गरेको र वाँकी स्थानमा चाँडै समिति गठन गरिने पनि पौडेलले वताउनुभयो ।

x

Check Also

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । ...

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम ...

बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

सप्तरंगी एफएम दमक / ०३ माघ २०७५ गौरादह वार्ड नम्बर ५ मा रहेको बालुबथान कृषि ...

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

सप्तरङ्गी एफ.एम. दमक/माघ १/ उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको ...

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...