Home / ट्रेन्डिङ्ग / स्व.गणेश बस्नेत उत्कृष्ट पत्रकारीता पुरस्कार बाट बिष्णु सुब्बा पुरस्कृत हुने

स्व.गणेश बस्नेत उत्कृष्ट पत्रकारीता पुरस्कार बाट बिष्णु सुब्बा पुरस्कृत हुने

सप्तरङ्गी एफ.एम. दमक/साउन २८/
मेची सहकारी संस्थाले हरेक बर्ष प्रदान गर्दै आएको स्वर्गिय गणेश बस्नेत स्मृति पत्रकारीता पुरस्कार बाट पत्रकार विष्णु सुब्बा पुरस्कृत हुनु हुने भएको छ ।
मेची सहकारी संस्थाका पूर्व अध्यक्ष स्व. बस्नेतको स्मृतिमा स्थापित सो पुरस्कारवाट यसवर्ष पत्रकार सुब्बालाई पुरस्कृत गर्ने निर्णय गरिएको सहकारीले जनाएको छ ।
सो पुरस्कार मेची सहकारी संस्थाको आगामी भदौ १२ गते हुने २२ औ बार्षिकोत्सव तथा २४ औं साधारणसभाका दिन प्रदान गरिने छ । पुरस्कारको राशी नगद ७ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।
पत्रकार सुब्बा दुई दशक देखि झापाली पत्रकारिताका क्षेत्रमा कृयाशील हुनुहुन्छ । पत्रकार सुब्बासंगै संस्थाले सोहि दिननै उत्कृष्ठ सहकारी अभियन्ता पुरस्कारबाट यसवर्ष राष्ट्रिय सहकारी महासंघ काठमाण्डौंका अध्यक्ष केशवप्रसाद बडाललाई प्रदान गरिने निर्णय भएको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...