Home / अपराध / झापा गौरादह वडा नम्बर ७ को वडा कार्यालयमा बिष्फोट

झापा गौरादह वडा नम्बर ७ को वडा कार्यालयमा बिष्फोट

सप्तरङ्गी एफ.एम. दमक/साउन २९/
झापा गौरादह नगरपालीका वडा नम्बर ७ को वडा कार्यालयमा बिष्फोट भएको छ । आज बिहान पौने ७ बजे ग्वालडुब्बा बजार पुर्व पट्टि रहेको वडा कार्यालयको भवन नजिकै बिष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो । बिष्फोट बाट झ्यालको सिसा फुटेको र कम्पाउण्ड वालको पिल्लरमा सामान्य क्षती भएको उहाँले बताउनु भयो । सुतलि बम जस्तो चिज बिष्फोट भएको उहाँले बताउनु भयो ।
आफुहरु बिहान गस्तिमै रहेको समयमा सामान्य बिष्फोटको आवाज सुनेर पुग्दा धुवाँ आईरहेको देखेको अस्थाई प्रहरी चौकी ग्वाल्डुब्बाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक निलकुमार श्रेष्ठले जानकारी दिनुभयो । आज विप्लब माओवादीले बन्द आह्वान गरेकोले उसैबाट तर्साउनको लागी बिष्फोट गराएको हुन सक्ने उहाँले बताउनु भयो ।
दुईजना व्यक्ति मोटरसाईकलमा आएर संकास्पद बस्तु फ्याँकेको केहिबेरमा बिष्फोट भएको स्थानियले बताएको प्रहरी सहायक निरिक्षक श्रेष्ठले बताउनु भयो । घटनामा संलग्नको खोजी भैरहेको पनि उहाँले बताउनु भयो ।
अस्थाई प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालय भवनबाट ५ सय मिटरको दुरीमा रहेको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...