Home / ट्रेन्डिङ्ग / नेपाली नागरिककै सन्तान नगरिकता पाउनबाट बन्चित

नेपाली नागरिककै सन्तान नगरिकता पाउनबाट बन्चित

सप्तरङ्गी एफ.एम. दमक/साउन २९/
दमक नगर पालिका वडा नं. ९ झरना टोलका उराउ समूदायमा बाबुआमाको नागरिकता भएपनि छोराछोरीको नहुँदा धेरैलाई समस्या परेको छ । अगिंकृत तथा जन्मका आधारमा बुवा आमाको नागरिकता भए पनि संवैधानिक अड्चनका कारण यो समस्या आएको हो ।
हिमालय चिया बगान क्षेत्रमा विक्रम सम्बत् २०१८ साल देखि बसोवास गर्दै आएका उराउ समूदायमा नागरिकता नहुँदा बालबच्चाको जन्म दर्ता देखि प्रशासनिक कार्यमा समेत समस्या भएको छ । केही दिन अघि संसदबाट नागरिकता सम्बन्धी ऐन बन्दैछ भन्ने कुरा सुनेर बुवाआमाका नागरिकता भएर पनि छोराछोरीको हुनबाट बन्चित नयाँ पुस्तामा खुशीयाली छाएको छ । ऐन बनेर आयो भने उनीहरुले समेत नागकिता चाँडै पाउने आशा गरेका छन् ।
अंगिकृत र जन्मको आधारमा नागरिकता बनेको विषयमा संविधानमा कानुन बनाएर दिनु भने पछि यो समस्या आएको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताउनु भयो । तर १ साता अघि संघीय सरकारले नागरिकता सम्बन्धी ऐनलाई ड्राफ गरी क्याविनेट बाट छलफल गरी संसदमा पठाइ सकेको छ । १ महिना भित्र पास भएर नागरिक ऐन आउने भन्दै यो समस्या चाँडै समाधान हुने मन्त्री कार्कीले बताउनु भयो ।
बुबा आमाको नागरिकता जन्मको आधारमा भएकै कारण उराऊ समूदायका नयाँ पुस्ताले नागरिकता प्राप्त गर्न नसक्दा समस्या पर्दै गएको बताएका छन् । नागरिकता नभएकै कारण रोजगार, वैंकिङ्ग कारोवार र उच्च शिक्षाबाट पाउँनबाट बन्चित हुनु परेको छ ।
४ सय ९५ परिवार रहेको बताउँदै आएको दमक वडा नं. ९ झर्ना टोलका उराउ समूदायहरु चियाबगानको जग्गा क्षेत्रमा बसोवास गर्दै आएका छन् । बाऊ बाजे समेतको धेरैको नागरिकता छ । तर जन्मको आधारमा नागरिकता भएकै कारण राज्यको स्पष्ट नागरिकतासम्बन्धी विनियिम नहुँदा उनीहरुलाई समस्या भएको हो ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...