Home / ट्रेन्डिङ्ग / दमकको बेलडाँगी रोडको संझौता अवधि सकिँदा समेत निर्माण सम्पन्न नभएको भन्दै स्थानिय व्यवसायी आक्रोसित , धुलोले स्वास्थ्यमा समस्या भएको भन्दै सडक बन्द गर्ने चेतावनी

दमकको बेलडाँगी रोडको संझौता अवधि सकिँदा समेत निर्माण सम्पन्न नभएको भन्दै स्थानिय व्यवसायी आक्रोसित , धुलोले स्वास्थ्यमा समस्या भएको भन्दै सडक बन्द गर्ने चेतावनी

सप्तरङ्गी एफ.एम. दमक/भदौ ४/
दमक चौक उत्तरको बेलडाँगी रोड समयमा नबनेको भन्दै स्थानीय ब्यापारी आक्रोशित भएका छन् । असार मसान्तसम्म बनाउने भनी भत्काएको बाटो हालसम्म नबन्दा धुलो उडेर व्यवसायीहरुलाई समस्या भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनिहरुले धुलोले स्वास्थ्यमा समेत समस्या भएको भन्दै सडक बन्द गर्ने चेतावनी समेत दिएका छन् । हिजो नियमित पानी छर्केने भने पनि नछर्किएपछि व्यवसायीले निर्माण उपभोक्ता समिति र बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडासंग आक्रोश पोखेका छन् । शहरी विकास डिभिजन कार्यालयको ९५ लाख र उपभोक्ताको ५ लाख गरी १ करोडमा सडक निर्माण शुरु गरिएको हो । साढे ४ सय ५० मिटर लम्बाई र ११ मिटर चौडाईको सडक निर्माण कार्य सम्पन्न नभएसम्म पानी छिट्ने र धुलो उढ्न नदिने सहमति भएको स्थानीय व्यवसायीहरुले बताएका छन् । गत साउन मसान्तसम्म निर्माण सक्नु पर्ने सम्झौता भए पनि समयमा निर्माण नहुनु र धुलोको समस्याले स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलाराम न्यौपानेका अनुसार अक्फायल प्रविधिबाट बनाइने भएकोले यो प्रविधिको कच्चा पदार्थ नपाएकोले ढिलो भएको बताउनु भयो ।
समयमा बाटो नबनिए आफूहरुले यातायत सम्म रोक्ने उपभोक्ताले चेतावनी दिएका छन् । बाटो नबनेको कारण व्यवसायमा समेट घाटा भएको व्यवसायीहरुले बताएका छन् ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...