Home / ट्रेन्डिङ्ग / दमक पब्लिक लाईब्रेरी देशै भरी विस्तार हुँदै

दमक पब्लिक लाईब्रेरी देशै भरी विस्तार हुँदै

सप्तरङ्गी एफ.एम. दमक/भदौ ४/
सात बर्ष अघि दमकमा स्थापना भएको दमक पब्लिक लाईब्रेरीले बिभिन्न ठाउँमा आफ्ना शाखाहरु बिस्तार गर्ने भएको छ । लाईब्रेरीलाई देशै भरी पु¥याउने योजना अनुसार यो बर्ष झापा र मोरङका गरि तिन ठाउँमा शाखा बिस्तार गर्ने योजना रहेको दमक पब्लिक लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो । झापाको बिर्तामोड, सुरुङ्गा र मोरंगको बेलबारीमा यो बर्ष भित्रमा शाखा स्थापना गरिसक्ने गरी योजना अघि बढाईएको उहाँले बताउनु भयो । दमक पब्लिक लाईब्रेरीलाई डिपिएल लर्निङ सेन्टरको रुपमा स्थापना गरी यसका शाखाहरु बिभिन्न ठाउँमा खोल्न लागीएको अध्यक्ष न्यौपानेले बताउनु भयो ।
पठन संस्कृतिको बिकाश गर्न र सबै प्रकारका पुष्तकहरु एकै ठाउँबाट उपलब्ध गराउने उद्देस्यले लाईब्रेरीलाई बिस्तार गर्न लागीएको उहाँले बताउनु भयो । पहिलो चरणमा झापाको बिर्तामोडमा शाखा स्थापनाको प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो । बिर्तामोडमा लाईब्रेरीको शाखा स्थापनाको लागी तत्काल सन्तोष घिमिरेलाई सम्योजन गर्ने जिम्मेवारी दिईएको र केहि समय भित्रमै तदर्थ समिति निर्माण गरेर लाईब्रेरी स्थापनाको कार्य अघि बढाईने लाईब्रेरीका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...