Home / ताजा समाचार / दमक जेसीजको जेसीज सप्ताह कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तयारी तीव्र

दमक जेसीजको जेसीज सप्ताह कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तयारी तीव्र

दमक / ८ भदौ २०७५
दमक जेसीजले आफनो जेसीज सप्ताह कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तयारी तीव्र बनाएको छ । यसैक्रममा विभिन्न उपसमितिहरु गठन गर्नुका साथै आज पत्रकारहरुवीच अन्तरकृया गरिएको छ ।

समुदायसम्म आफनो पहुँच बृद्धि गर्न दमक जेसीजले बार्षिक कार्यक्रम अन्तर्गत यहि भदौ १४ देखि १६ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना जेसीज सप्ताह मनाउन लागेको दमक जेसिजका अध्यक्ष चन्द्र खत्री दाहालले जानकारी दिनुभयो । जेसीज सप्ताहलाई भव्यताका साथ सम्पन्न गर्न दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष कमल कटुवालको संयोजक एक मूल समिति गठन गरिएको छ ।

पत्रकार भेटघाटमा संयोजक कटुवालले जेसीज सप्ताह अन्तर्गत हुने तीनै दिनका कार्यक्रमहरुका बारेमा जानकारी दिनुभयो । संयोजक कटुवालका अनुसार उद्घाटनका दिन विहान सरसफाई कार्यक्रसहित जेसीज चौकमा डस्विन वितरण कार्यक्रम हुने छ । त्यस्तै, सोहि दिन साँझमा जनप्रतिनिधि र पत्रकारवीच मैत्रीपूर्ण फूटबल हुने छ ।

दोश्रो दिन दमक–८ स्थित निर्माणाधिन जेसीज सामुदायिक तालिम केन्द्रमा विहान स्वास्थ्य शिविर, शैक्षिक सामाग्री हस्तान्तरण र दिउँसो जेसीज सचिवालयमा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम राखिएको छ ।

यसैगरि भदौ १६ गते समापन कार्यक्रम दिउँसो ४ वजे कन्काई पार्टी प्यालेसमा हुने छ भने त्यस अघि विहान १० वजे जेसीआई दमक वेष्ट स्पिकर कार्यक्रम राखिएको जेसीजका महासचिव गोपाल गुरागाईले बताउनुभयो ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...