Home / ट्रेन्डिङ्ग / गौरादहको ईलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माणको लागी जग्गा खोजीँदै

गौरादहको ईलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माणको लागी जग्गा खोजीँदै

सप्तरङ्गी एफ.एम. दमक/भदौ ८/
झापाको गौरादहमा रहेको इलाका प्रहरी कार्यलय गौरादह को भवन निर्माणका लागि जग्गा को खोजी सुरु भएको छ । नगरपालीकाको हिँजो भदौ ७ गते बसेको कार्यपालीका बैठकले ईलाका प्रहरी कार्यालयको भवन वनाउनको लागी जग्गा खोज्ने निर्णय गरेको हो ।
हाल ईलाका प्रहरी कार्यालय रहेको ठाउँ सानो रहेको र भोली प्रहरी कार्यालयको स्तर बृद्धि गर्नु परेमा ठाउँ अभाव हुने भएकोले नयाँ भवन निर्माण गर्न जग्गा खोजी गरिएको नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिनुभयो । नयाँ भवन निर्माणको लागी गौरादहको डिठ्ठा चौक, टिकघारी, जोरघरे, चैतु चौक र नगरपालीकाको निर्माणाधिन भवन आसपासमा १० कठ्ठा जग्गा व्यस्थापनको लागी दाताहरु संग माग गरिएको नगर प्रमुख शाहले बताउनु भयो । गौरादहको शहरी करण र जनसंख्या बृद्धि दरमा रहेकोले भोलीका दिनमा ईलाका प्रहरी कार्यालयको स्तर बृद्धि गर्दा हालको ठाउँ साने हुने भएकोले जग्गा खोज्नु परेको उहाँले बताउनु भयो । जग्गाको व्यवस्थापन भए भवन निर्माणको लागी सहयोग गर्ने भनि बिभिन्न निकाय बाट प्रस्ताव आएकोले जग्गा खोज्न थालीएको उहाँले बताउनु भयो ।
त्यसैगरी हिँजोको कार्यपालीका बैठकले चालु आर्थिक बर्षका वडा स्तरिय योजनाहरु सञ्चालन सुरु गर्ने समेत निर्णय गरेको नगरपालीकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...