Home / कला/साहित्य / नाई नभन्नु ल ५ को पहिलो दिननै आक्रामक व्यापार

नाई नभन्नु ल ५ को पहिलो दिननै आक्रामक व्यापार

सप्तरङ्गी एफ.एम. दमक/भदौ ८/
आजबाट देशैभर प्रदर्शनमा आएको बहुप्रतिक्षित नेपाली चलचित्र नाई नभन्नु ल ५ ले पहिलो दिननै उत्साहजनक व्यापार गरेको छ । दमकको पाथिभरा चित्र मन्दिर र दमक चित्रमन्दिर दुवै वटा हलमा नाई नभन्नु ल ५ प्रदर्शन भैरहेको चलचित्रका बितरक माता पाथिभरा फिल्मस प्रा.ली.का सञ्चालक चैतन्य बरालले जानकारी दिनुभयो ।
चलचित्रको आज पहिलो दिनको व्यापार हेर्दा आगामी दिनमा दर्शकको चाप अझ बढेर जाने अपेक्षा गर्न सकिने उहाँले बताउनु भयो । आजका दुवै वटा शो मा दर्शकको चाप एकदमै धेरै रहेको बरालले बताउनु भयो । आज बिहानै देखी पानी परेको कारण सामान्य दर्शक आउने अपेक्षा बिपरित दर्शकहरुको उपस्थिति बाक्लो रहेकोले भोली बाट दर्शकको चाप अझ बढ्ने दमक चित्र मन्दिरका व्यवस्थापक कृष्ण भट्टराईले बताउनु भयो । आजको पहिलो शो भन्दा दोस्रो शोमा दर्शकको उपस्थिती अझ बढेको उहाँले बताउनु भयो ।
चलचित्रमा बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का, अभिषेक नेपाल, दिलिप रायमाझी, प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ लगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...