Home / कला/साहित्य / नाई नभन्नु ल ५ हाल सम्मकै उत्कृष्ट चलचित्र भएको दमकका सामाजिक अगुवाहरुको भनाई

नाई नभन्नु ल ५ हाल सम्मकै उत्कृष्ट चलचित्र भएको दमकका सामाजिक अगुवाहरुको भनाई

सप्तरङ्गी एफ.एम. दमक/भदौ ८/
आजबाट देशैभर प्रदर्शनमा आएका बहुप्रतिक्षित नेपाली चलचित्र नाई नभन्नु ल ५ लाई दमकका सामाजि अगुवाहरुले हाल सम्मकै उत्कृष्ट चलचित्र भएको बताएका छन् । चलिचत्रको हिँजो साँझ दमकमा गरिएको प्रिमियर शो पछि प्रतिक्रिया दिँदै उनिहरुले चलचित्रले दर्शकको मन जित्ने दाबी गरेको हुन् । हिँजो साँझा पाथिभरा चित्र मन्दिर दमकमा प्रिमियर शो हेरीसकेपछि दमक नगर उप प्रमुख गिता अधिकारीले चलचित्र सोचेको भन्दा धेरै राम्रो भएको प्रतिक्रिया दिनुभयो । पछिल्लो समयमा समाजमा देखीएको पारिवारीक बिखण्डनलाई परिवारका नानिहरुले पनि जोड्न सक्छन् भन्ने चलचित्रले प्रमाणित गरेको बताउनु भयो । चलचित्रले मनोन्जनका साथै पुर्वि नेपालका पर्यटकिय स्थलहरुको पनि प्रचार गर्नेमा आफु विस्वस्त रहेको अधिकारीले बताउनु यभो । चलचित्र हेरीसकेपछि प्रतिक्रिया दिँदै दमकका सामाजिक तथा राजनैतिक अगुवा शेरबहादुर भट्टराईले चलचित्रमा कलाकारहरुको जिवन्त अभिनय देखिएको भन्दै उत्कृष्ट चलचित्र बनेको दाबी गर्नु भयो । सामाजिक परिवेसमा मिल्ने खालको कथा देखीएको भन्दै भट्टराईले घरका नानीहरुले पनि परिवारीक मिलन गाउन सक्छन् भन्ने देखाईएको कुरा एकदमै मन परेको बताउनु भयो ।
त्यसैगरी दमक बहुमुखी क्याम्पसका प्राध्यापक धनन्जय बाँस्कोटाले आफ्नो अभिभावकलाई परिवार प्रतिको जिम्मेवारी बोध गराउन सन्तानहरुको भुमिका हुने कुरालाई चलचित्रले उजागर गरेकोले चलचित्र सफल बन्ने दाबी गर्नु भयो ।
चलचित्रमा बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का, अभिषेक नेपाल, दिलिप रायमाझी, प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ लगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।
चलचित्र आजै देखी देशैभरका हलहरुमा प्रदर्शनमा आएका चलचित्रका बितरक माता पाथिभरा फिल्मस प्रा.ली.का सञ्चालक चैतन्य बरालले जानकारी दिनुभयो ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...