Home / खेलकुद़़ / लवप्रसाद वालगृहलाई दमक कांग्रेसको १ लाख २ हजार ५ सय रुपैयाँ सहयोग

लवप्रसाद वालगृहलाई दमक कांग्रेसको १ लाख २ हजार ५ सय रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/भदौ ११/
झापाका शैक्षिक अगुवा स्वर्गिय लव प्रसाद ओलीको स्मृतीमा उहाँकी छोरी उषा ओलीले काठमाण्डौमा सञ्चालन गर्दै आउनु भएको लवप्रसाद सुधार संघ(लवप्रसाद वलगृह) लाई नेपाली कांग्रेस दमकले आर्थिक सहयोग गरेको छ । झापा कन्काई नगरपालीका जामुवारीकी उषा ओलीले १० बर्ष देखी राजधानी काठमाण्डौमा सञ्चालन गर्दै आउनु भएको वाल गृहलाई आज एक कार्यक्रमका विच कांग्रेस दमकले १ लाख २ हजार ५ सय रुपैयाँ नगद सहयोग गरिएको हो । कांग्रेस झापा सभापती उद्धव थापाको सकृयतामा दमक नगरका पार्टिका सदस्यहरुबाट संकलीत उक्त रकम आज उषालाई हस्तान्तरण गरिएको हो । पार्टिका क्षेत्रीय सभापती ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रकम बुझ्दै अनाथालय सञ्चालक ओलीले कांग्रेस दमकले गरेको सहयोगले आफुलाई कम गर्न थप हौसला मिलेको बताउनु भयो । अनाथालयमा आश्रित बिपन्न समुदायका बालबालीकाहरुलाई सम्झिएर सहयोग गरेको मा उहाँले सबैलाई धन्यबाद समेत दिनुभयो ।
अनाथालयमा ३ बर्ष उमेर देखी १४ बर्ष सम्मका बालकालीका आश्रित रहेका उहाँले जानकारी दिनुभयो । कुनै संघ संस्थाको सहयोग बिनानै आपैंmले क्यन्टीन सञ्चालन गर्दै त्यसैको आम्दामी बाट बालबालीकाको अध्ययन र पालन पोषण गर्दै आएकोमा पछिल्लो समय खर्च बढेर धान्ने नसक्ने अवस्था आईपरेकोले सहयोगको हात पैmलाएको कार्यक्रममा उहाँले बताउनुभयो । कार्यक्रममा लायस्क्लब अफ दमक सेवीकाकी अध्यक्ष रेगिना भट्टराई प्रसाइंले पनि लायन्स क्लबको तर्पmबाट पनि अनाथ आश्रमलाई सहयोग पु¥याउने प्रतिबद्धता जनाउनु भयो ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...