Home / खेलकुद़़ / दमकमा लयान्स क्लबविच फुटसल प्रतियोगीता हुने बिजेतालाई ५० हजार रुपैयाँ पुरस्कार

दमकमा लयान्स क्लबविच फुटसल प्रतियोगीता हुने बिजेतालाई ५० हजार रुपैयाँ पुरस्कार

सप्तरङ्गी एफ.एम. दमक/भदौ २०/
दमकमा लायन्स क्लबहरु विच फुटसल प्रतियोगीता हुने भएको छ । लायन्स क्लब अफ दमक ईष्टर्न लायनले लायन्स क्लबहरु विच फुटसल प्रतियोगिता गराउने भएको हो । पर्सि सुक्रबार ८ वटा लयान्स क्लबहरु विच प्रतियोगीता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
पत्रकार सम्मेलनमा ईष्टर्न लायनका अध्यक्ष बिमल शर्माले लायन्सहरु विच भाईचारा र सद्भाव बृद्धि गर्न प्रतियोगीताको आयोजना गरिएको बताउनु भयो ।
दमक वडा नम्बर ९ मा रहेको फुटसल ग्राउण्डमा प्रतियोगिता आयोजना गरिने भएको हो । पर्सि सुक्रबारको दिन आयोजना गरिने प्रतियोगीतामा दमक सहित, कमल गाउँपालीका र मोरंगको उर्लाबारी, मिक्लाजुङ्ग र पथ्रिमा रहेका लायन्स क्लबहरुको सहभागीता रहने छ ।
प्रतियोगीतामा दमकका ईष्टर्न लायन, बिगबुद्ध, युनाईटेड र स्विट सिटि साथै लखनपुर, पथ्रि, मिक्लाजुङ्ग र उर्लाबारी लायन्स क्लबको सहभागीता हुने प्रतियोगीताका सम्योजक उज्वल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगीताको बिजेताले ५० हजार रुपैयाँ नगर र उप बिजेताले २५ हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाणपत्र पाउने छन् ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...