Home / कला/साहित्य / चलचित्र रामकहानी भदौ २२ गते शुक्रबारबाट देशैभर प्रदर्शनमा आउने

चलचित्र रामकहानी भदौ २२ गते शुक्रबारबाट देशैभर प्रदर्शनमा आउने

सप्तरङ्गी एफ.एम. दमक/ २० भदौ २०७५

सफल चलचित्र निर्देशक  सुदर्शन थापाले निर्देशन गरेको चलचित्र रामकहानी पर्सि शुक्रबारबाट देशैभरिका हलहरुमा प्रदर्शनमा आउने भएको छ । चलत्रिका पुर्वाञ्चल बितरक चैतन्य बरालले आज दमकमा पत्रकार भेटघाट कार्यक्रम गर्दै रामकहानीले दर्शकको मन जित्नेमा आफुहरु आशाबादी रहेको बताउनु भयो ।

निर्देशक थापा नेपाली चलचित्रलाई बुझेको निर्देशक भएकोले यो चलचित्र चल्नेमा आफुहरु विश्वस्त रहेको बताउनु भयो । निर्देश थापाले यस अघि निर्देशन गरेका सबै चलचित्र सफल भएकोले पनि यो चलचित्र सफल हुने बितरक बरालले दाबी गर्नु भयो । चलचित्रको पुर्वाञ्चल बितरणको जिम्मा माता पाथिभरा फिल्मस प्रा.ली.ले पाएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्देशक थापाले टेलिफोन मार्फत सम्बोधन गर्दै  चलचित्रलाई आफ्नो टिमले एकदमै मेहनत गरेकोले सफल बन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । उहाँले चलचित्रलाई हेरेर अफुलाई प्रतिक्रिया दिन पनि आग्रह गर्नु भयो ।

सुदर्शन थापा निर्देशित चलचित्रमा अभिनेत्री पूर्जा शर्मासंगको जोडीमा आकाश श्रेष्ठ रहेका छन् भने चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन विक्रम राई (माग्ने बुढा), रविन्द्र झा, राजाराम पौडेललगायतको प्रमुख भूमिका रहेको छ ।

यस अघिनै युटुवमा गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको उक्त फिल्मले घरेलू बजारमा सुखद नतिजा ल्याउने फिल्म निर्माता ढुक्क देखिएका छन् ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...