Home / ताजा समाचार / चुलाचुलीमा पशुमा लाग्ने खोरेत रोगको महामारी

चुलाचुलीमा पशुमा लाग्ने खोरेत रोगको महामारी

सप्तरंगी एफएम /कमल , २१ भदौ २०७५

पशुमा लाग्ने खोरेत रोगका कारण ईलाम चुलाचुली गाउँपालिकाका कृषकले यति वेला ठुलो आर्थिक भार सहनुपरेको छ ।

फाईल तस्बिर

दुईवटा खुर भएका पशुमा लाग्ने  सरुवा रोग खोरेतका कारण  पशुको मुख र खुरमा घाउ हुने हुन्छ  जसका कारण पशु कमजोर हुँदै जाने दुध उत्पादनमा कमि आउने , गर्भिणि पशु तुहिने भर्खर जन्मेका पाडा वाछाको मृत्युहुने जस्ता समस्याले कृषकलाई ठुलै आर्थिक क्षति भएको हो ।

खोरेत रोग लागी सकेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम उपाय भएको तत्कालिन जिल्लापशुसेवा कार्यलय ईलामका प्रमुख डाक्टर पशुपति ढुङ्गाना बताउनुहुन्छ । रोग लाग्न नदिनका लागि चुलालाचुली गाउँपालिका पशुसेवा शाखाले आफ्नो क्षेत्रभित्र रहेका सबै पशुलाई भ्याक्सिन लगाउने कार्य गरीरहेको भएपनि नियन्त्रण  हुन सकेको छैन l

भ्याक्सिन लाएपनि  खुल्ला चरिचरण भएको पनि रोग फैलिएको चुलालाचुली गाउँपालिका पशुसेवा शाखाका प्रमुख गणेश रेग्मि बताउनुहुन्छ ।

अन्नपुर्ण कृषि सहकारीका अध्यक्ष विष्णुभक्त पोख्रेलले आफ्ना सदस्यका पशुलाई कुनै रोग नलागोस भनेर सहकारिका  सदस्य बिच पशुस्वस्थ्य सम्वन्धि विभिन्न कार्यक्रम सन्चालन गरेपनि यो पटक सदस्यका पशुलाई खोरेतले  सताएपछि सहकारीलाई समेत आर्थिक क्षति भएको बताउनुभयो  ।

 

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...