Home / खेलकुद़़ / झापाको सुरुङ्गामा प्रथम अन्तर प्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने

झापाको सुरुङ्गामा प्रथम अन्तर प्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने

सप्तरंगी एफएम /सुरुङ्गा २१ भदौ २०७५

आगामी भदौ ३० गतेदेखिअसोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तर प्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ ।

स्थानीय कनकाई माविको खेल मैदानमाहुने प्रतियोगिता स्थानीय सचेत युवाक्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

प्रतियोगितामा आयोजक टिम सहित , विर्तामोड , विराटनगर , मकवानपुर , दाङ , उदयपुर , भैरहबा ,र पुर्वाञ्ललक्रिकेट क्लवविराटनगरका टिमले सहभागिताजनाउने आयोजक समितिकाअध्यक्षनिमेश ओलीले बताउनुभयो । प्रतियोगितामाप्रथम र दोस्रो हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार पाउनेछन भने हरेक दिनउत्कृष्ट खेलाडीलाई २ हजार रुपैँयाको पुरस्कार स्थानीय समाजसेवि प्रविण तिम्सिनाले गर्ने समेत कार्यक्रममा  जानकारी गराइएको थियो ।

भने फाइनलमा विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कार दिने निर्णय भएको खेल संयोजक प्रदिपग जमेरले बताउनुभयो । प्रतियोगिता संचालनका लागि ६लाख रुपैँयालाग्ने र कनकाई नगरपालिकाको मुख्य सहयोग रहने  यसैगरि रुद्र गौरी अम्बिकाओली प्रतिष्ठान र टिभिएस मोटरसाइकल बाट प्रथम र द्धितिय पुरस्कार सौजन्यहुने आयोजकले बताएको छ ।

प्रतियोगिता संचालनका लागि विभिन्न उप समिति समेत निर्माण गरिएको छ । प्रतियोगिताले पुर्व क्षेत्रको क्रिकेट खेललाई मद्धत पुग्ने प्रचार समितिका संयोजक लीलाराज झापालीले बताउनुभयो । केहि स्पोन्सरहरुले लगानीको लागि कुरा भइरहेकोले समेत पुरस्कार राशीमा केहि बृद्धि हुनसक्ने आयोजक समितिका हरि कार्कीले बताउनुभयो । पत्रकार सम्मेलन कनकाई सुरुङ्गा प्रेस क्लवकाअध्यक्ष राम निरौलाको सभापतित्व  तथा सचिव मनोज बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...