Home / ताजा समाचार / जनमुखी र कञ्चनजंघाको तिज बिशेष कार्यक्रम

जनमुखी र कञ्चनजंघाको तिज बिशेष कार्यक्रम

सप्तरंगी एफएम / २२ भदौ २०७५
दमक ६ मा रहेको जनमुखी सहकारी संस्थाले आज तिज बिषेश कार्यक्रम मनाएको छ । सहकारीका महिला सदस्यहरु विच तिजको दर खाएर तिज कार्यक्रम मनाईएको हो । सहकारीकी महिला बिभाग प्रमुख मेनुका बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय महिला अधिकारी मञ्चकी केन्द्रिय सदस्य मन्दरा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

बुद्धिमायाँ शिवाकोटीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहभागी महिलाहरुले नाचगान समेत गरेका थिए ।

उता वडा नम्बर ८ मा रहेको कञ्चनजंघा सहकारी संस्थाले पनि महिला सदस्यहरुलाई भेला पारी तिज बिषेश कार्यक्रम मनाएको छ ।सहकारीका महिला सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा कञ्चनजंघा सहकारी महिला उप समिति सम्योजक दुर्गा काफ्लेको अध्यक्षता रहेको थियो । त्यस्तै दमक वडा नम्बर ४ मा रहेको शिवसुन्दर टोलका महिला सदस्यहरुले समेत सामुहिक रुपमा दर खाएर तिज मनाएका छन् । टोलका महिला दिदि बहिनि भेला भएर सामुहीक रुपमा नाचगान गर्दै दर खाएको टोलकी सदस्य सुनिता थापाले जानकारी दिनुभयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...