Home / ट्रेन्डिङ्ग / दमक नगरपालीका र प्रतिपक्षि दलहरु विच बिबाद समाधानको सहमति

दमक नगरपालीका र प्रतिपक्षि दलहरु विच बिबाद समाधानको सहमति

सप्तरङ्गी एफ.एम. दमक/भदौ २२/

दमक नगरपालीका र प्रतिपक्षि दलहरु विच नगरपालीका बिभिन्न बिबादहरु समाधान गर्ने बिषयमा सहमती भएको छ । नगरपालीकाले जनताको ढाड सेक्ने गरी कर बृद्धि गरेको, आफ्ना आसेपासेलाई मात्रै खुशी पार्ने गरी शिक्षा ऐन ल्याएको, बिकास निर्माणको काममा अन्य दलहरुको कुरा नसुनी एकलौटी गरेको भन्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अगुवाईमा दमकमा क्रियासिल दलहरुले पटक पटक बिरोध गर्दै आएकोमा हिँजो नगरपालीकामा भएको छलफलले उत्पन्न बिबादहरु समाधान गर्ने सहमती गरेको कांग्रेस नगर सभापती रोशन विष्टले जानकारी दिनुभयो ।

नगरपालीकाले अब्यबहारीक रुपमा बढाएको करको बिषयमा कुन कुन शिर्षकमा अब्यबहारीक भएको अध्ययन गरी सहमती गर्ने, सबै पक्षको बिरोधका विच नगरपालीकाले एकलौटी रुपमा जारी गरेको शिक्षा ऐन र भुमि ऐनको बिषयमा सर्वोच्च अदालतमा रिट परेकोले सर्वोच्च अदालतले पैmसला नगरे सम्म कुनै गतिबिधि नगर्ने, शिक्षा नियमावलीका कारण शिक्षकहरुको तलब निकासा नभएकोमा तत्काल तदर्थ समिति बनाएर काम गर्ने र नगरमा भैरहेको बिकाश निर्माणको बिषयमा सबै पक्षको आपसी सहमतीमा छलफल गरेर काम गर्ने भन्ने सहमती भएको कांग्रेस नगर सभापती विष्टले जानकारी दिनुभयो ।

नगरपालीकाले सबै पक्षको सहमतीमा आफु अघि बढ्न चाहेको बताए पछि कांग्रेसको नेतृत्वमा भैरहेको आन्दोलन तत्काललाई स्थगित गर्ने निर्णय भएको छ । छलफलमा नगर प्रमुख रोमनाथ ओलीका साथै राजनैतिक दलहरुको तर्पm बाट कांग्रेस नगर सभापती बिष्ट, महासमिति सदस्यहरु शेरबहादुर भट्टराई र शुरेस सुब्बा, पुर्व सांसद बिश्वदिप लिङदेन, नेकपाको तर्पm बाट बोधराज घिमिरे, अम्बिका खनाल, दुर्गा चम्लागाई श्रीकान्त, संघिय समाजवादी फोरमको तर्पm बाट बासुदेबराई, गंगा प्रसाद दुलाल, संघिय लिम्बुवान मञ्चको तर्पm बाट याम लारिङदेन, नयाँ शक्ति नेपालको तर्पm बाट सतिस कुमार शाह, राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्पm बाट नारायण घिमिरे र माओवादी क्रान्तिकारीको तर्पm बाट लोमनाथ भण्डारीको उपस्थिति रहेको थियो ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...