Home / ताजा समाचार / झापाको कचनकवल गाउँपालीकाको गाउँपरिषदमा बिबाद , प्रमुख अतिथि कार्यक्रमहलमा पस्नै पाएनन्

झापाको कचनकवल गाउँपालीकाको गाउँपरिषदमा बिबाद , प्रमुख अतिथि कार्यक्रमहलमा पस्नै पाएनन्

सप्तरंगी एफएम /कचनकवल / २३ भदौ २०७५

झापाको कचन कवल गाउँपालीकाको गाउँपरिषदमा बिबाद भएको छ । नियम अनुसार असार महिना भित्रमै गर्नु पर्ने गाउँपरिषद आजलाई बोलाएको थियो । तर राप्रपाबाट निर्वाचित अध्यक्ष अन्जार आलमले गाउँपालीका एकलौटी ढंगले चलाएको भन्दै बिपक्षि कांग्रेस र नेकपाले बिरोध गरेका छन् ।

परिषको प्रमुख अतिथीको रुपमा प्रदेश सभा सदस्य बसन्त बानियाँलाई बोलाईएको थियो तर आन्दोलनरत दलहरुले प्रमुख अतिथिलाई कार्यक्रम स्थलमै पस्न नदिएपछि बानियाँ फर्किनु भएको थियो । प्रमुख अतिथि कार्यक्रम स्थलमा पस्न नसके पनि गाउँपालीका अध्यक्ष अन्जार आलमले परिषदको उद्घाटन भएको घोषणा गरे पछि कांग्रेस र नेकपाका परिषद सदस्यहरुले बिरोध गरेका छन् ।

दुवै पक्षबिच सामान्य घम्सा घम्सी भएको एक परिषद सदस्यले बताए । सदस्यहरुको विरोधका विच परिषदको उद्घाटन गरेका अध्यक्ष आलमले भोली बिहान ८ बजे सम्म परिष स्थगित भएको घोषणा गर्नु भएको छ ।

आन्दोलनरत दलहरुले भने भोली बोलाईएको परिषद पनि हुन नदिने बताएका छन् । अध्यक्षले गाउँपालीकालाई आफ्ना कार्यकर्ताको भर्ति केन्द्र बनाएको, गाउँपालीकाको केन्द्र अध्यक्षको आफ्नै घर बस्ती छेउमा अपायक स्थानमा सार्ने निर्णय गरेको, बिकाश निर्माणको ठाउँमा ब्यापक भ्रष्टाचार गरेको आरोप लगाउँदै कांग्रेस र नेकपा आन्दोलीत भएको कांग्रेस जिल्ला सदस्य सिताराम खतिवडाले बताउनु भयो ।

गाउँपालीका अध्यक्ष अन्जार आलमले दलहरुको असन्तुष्टिलाई सम्बोधन गर्न  बैठक बोलाईएकोले बिबाद समाधान हुने बताउनु भयो । उता आन्दोलनरत दलहरुले भने गाउँपालीका आफुहरुको कुरा नसुनी एकलोटी ढंगले अघि बढेको भन्दै भोली गाउँपालीकामा ताला लागउने चेतावनी दिएका छन् ।

x

Check Also

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम ...

दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेतको संक्रमण देखीयो , १ सय भन्दा धेरै पशु संक्रमित

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/ दमकको दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० ...

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय ...

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५ दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक ...