Home / ताजा समाचार / भूटानी शरणार्थी शिविर वेलडाँगीमा ७ दिने आधारभूत पत्रकारिता तथा फोटोग्राफी सम्बन्धी तालिम शुरु

भूटानी शरणार्थी शिविर वेलडाँगीमा ७ दिने आधारभूत पत्रकारिता तथा फोटोग्राफी सम्बन्धी तालिम शुरु

सप्तरंगी एफएम / दमक / २३ भदौ २०७५
झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज देखि ७ दिने आधारभूत पत्रकारिता तथा फोटोग्राफी सम्बन्धी तालिम शुरु भएको छ । शिविर व्यवस्थापन समितिको संयोजनमा तेस्रो मुलुक पुनर्वास भएका भूटानीहरुको सहयोगमा तालिम शुरु गरिएको हो ।

शिविर भित्र र भूटानीहरु पूनर्वास भएका देशबाट पत्रकारिता सम्बन्धी कृयाकलाप बढेसँगै भूटानी समाजमा पत्रकारिता विकासका लागि कार्याक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक तथा पूर्व सचीव युवराज राईले बताउनु भयो ।

तालिम उद्घाटनका प्रमुख अतिथि दमक नगर पालिका वडा नं. ३ का वडा अध्यक्ष नविन बरालले कार्यक्रमले आफ्नो वडाको पत्रकारिताको विकासमा थप टेवा दिने बताउनु भयो । पथरी शनिश्चरे शिविरका सचीव चम्पासिंह राईको सभापतित्वमा भएको कार्यक्रममा वेलडाँगी, पथरी शिविर र स्थानीय क्षेत्रका गरी ३० जनाको सहभागिता रहेको छ ।

तालिमलाई संचारकर्मी तथा प्राध्यापक डिकेश लामाले सहजिकरण गरिएको आयोजक समिति सदस्य शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...