Home / खेलकुद़़ / भूटान कराते महासंघ वेलडाँगीलाई आर्थिक सहयोग

भूटान कराते महासंघ वेलडाँगीलाई आर्थिक सहयोग

सप्तरंगी एफएम /दमक / २३ भदौ २०७५
पछिल्लो समय विभिन्न देशमा भईरहेको कराते खेल प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै आएको भूटान कराते महासंघलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

भूटान करातेको नामबाट भूटानीहरुको नाम उच्च राखेको भन्दै अमेरिकामा पूनर्वास भएका केही खेल प्रेमीहरुले वेलडाँगी शिविरमा संचालित कराते महासंघलाई सहयोग गरिएको छ ।

महासंघका प्रशिक्षक डम्बर मुखियाको नाममा आएको ८७ हजार ७ सय रुपयाँ महासंघका अध्यक्ष नरबहादुर गुरुङ्गलाई हस्तान्तरण गरिएको छ । सयहोग रकमले भूटानी शरणार्थी शिविर वेलडाँगीमा केही समय पछि खेल प्रतियोगिताको तयारी थालिएको कराते प्रशिक्षक मुखियाले बताउनु भयो ।

यस अघि सात वटा भूटानी शरणार्थी शिविरमा कराते खेललाई विशेष योगदान दिने टिकाराम राई, रनबहादुर राई, पूर्णसिंह तामाङ र विनोद लामा पछिल्लो समय तेस्रो मुलुक पूनर्वास भएका छन् । भूटान करातेका अगुवा कराते खेलका गुरुहरुले तेस्रो मुलुकमा समेत भूटानीको नाममा कराते खेलको विकास गर्दै आएको फेन्स क्लव भूटानका अध्यक्ष युवराज राईले बताउनु भयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...