Home / ट्रेन्डिङ्ग / शुभलक्ष्मी सहकारी गौरादहको अध्यक्षमा प्रकाश कार्की निर्वाचित

शुभलक्ष्मी सहकारी गौरादहको अध्यक्षमा प्रकाश कार्की निर्वाचित

सप्तरङ्गी एफ.एम. दमक/भदौ २४/
झापाको गौरादह १ स्थित शुभलक्ष्मी सहकारी संस्थाको अध्यक्षमा १,११३ मत प्राप्त गर्दै प्रकाश कार्की बिजयी बन्नु भएको छ । उहाँले आफ्ना प्रतिस्पर्धि नारायण घिमिरेलाई २ सय ८ मतले पराजित गर्नु भएको हो । घिमिरेले ९०५ मत मात्रै प्राप्त गर्नु भयो । त्यसैगरी उपाध्यक्षमा घिमिरे प्यानलबाट दिलिपकुमार भण्डारी बिजयी बन्नु भएको छ । उहाँले १,२२५ मत प्राप्त गर्नु भयो । भण्डारीका प्रतिष्पर्धि कार्की प्यानलकी भिममायाँ उप्रेतीले ७७५ मत मात्रै प्राप्त गर्नु भयो । त्यस्तै सचिमा कार्की प्यानलका हेमचन्द्र घिमिरे राजु निर्वाचित बन्नु भएको छ । उहाँले १,११३ मत प्राप्त गर्नु भयो । उहाँका प्रतिष्पर्धि भिम बिजय बाँस्तोलाले ८६५ मत मात्रै प्राप्त गर्नु भयो । कोषाध्यक्षमा कार्की प्यानलका बिरेन्द्र बस्नतेले १,०३७ मत प्राप्त गर्दै बिजयी बन्नु भएको छ । बस्नेतका प्रतिस्पर्धि स्याम दाहालले ९०२ मत मात्रै प्राप्त गर्नु भयो ।
पदाधिकारीहरुको मत गणना भर्खरै सम्पन्न भएको हाम्रा सम्बाददाता झगेन्द्र खड्काले जानकारी दिनुभएको छ । सदस्यहरुको भने अभैm ५०० जति मत गन्न बाँकी हरेको उहाँले जानकारी दिनुभयो ।
गौरादहकै प्रतिष्ठित सहकारीको नयाँ नेत्रित्व चयनमा सहमती नजुटेपछि दुई प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । सहकारी संस्थामा २ हजार ७ सय ४८ मतदाता रहेकोमा हिँजो भएको मतदानमा २ हजार १ सय १६ मत खसेको थियो ।

x

Check Also

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि ...

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन ...

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान ...

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ...

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको ...