Home / ताजा समाचार / श्रीअन्तु र नवदुर्गा सहकारीको साधारणसभा सम्पन्न

श्रीअन्तु र नवदुर्गा सहकारीको साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २६ भदौ २०७५

दमक वडा नम्बर ६ मा रहेको श्री अन्तु वचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमका विच आफ्नो नवौं बर्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानिय रेडक्रस को सभाहलमा सम्पन्न साधारणसभामा सहकारीले गत बर्ष उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान समेत गरेको छ । साधारणसभामा अध्यक्ष केदारनाथ घिमिरेले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन र लेखा सम्योजक अभिनारायण खनालले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन सुझाव सहित पारित गरिएको संस्थाका सदस्य बलिभद्र कोईरालाले जानकारी दिनुभयो ।

यसै विच सहकारीको साधारणसभाले आगामी कार्यकालको लागी नयाँ समिति समेत गठन गरेको छ । बन्द सत्रले राधाकृष्ण पौडेललाई अध्यक्ष चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा अभिनारायण खनाल र सचिवमा नारायण बहादुर भण्डारीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा धर्मप्रसाद ढुंगाना, ज्ञानेन्द्र सुब्बा, टीकादत्त पराजुली, तुलसादेवी निरौला, भक्तेश्वरी सापकोटा, बिल्टु साहु तेली, देवेन्द्र थापा र बलिभद्र कोईराला सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका सम्योजक शिव रेग्मीले जानकारी दिनुभयो ।

त्यसैगरी श्रीअन्तुको लेखा समिति सम्योजकमा तुलसीराम घिमिरे चयन हुनु भएको छ । लेखा सदस्यमा शिवराज कट्टेल र बिमलादेवी लुईंटेल चयन हुनु भएको छ ।

त्यसैगरी  दमक –१ मा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले १९ औं बार्षिक साधारणसभा आजै  सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रेम कोइरालाको अध्यक्षता र जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको सभामा उत्कृष्ट बचत कर्ता, कारोबारी सदस्यहरु र उत्कृष्ट कर्मचारीलाई समेत पुरस्कार एवम् सम्मान गरिएको छ ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य कमल कुमार घिमिरे, सहकारी संघका लेखा समिति सदस्य चुडामणी ओझा, राष्ट्रिय सहकारी कर्मचारी संघका केन्द्रीय सचिव खोमप्रसाद बगाले, राष्ट्रिय सहकारी बैंकका दमक शाखा प्रवन्धक विवेक डाँगी, कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मणिकुमार भण्डारी, युनिक सहकारीका अध्यक्ष रोहित आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सभामा संस्थाका अध्यक्ष कोइराला र लेखा समिति संयोजक कमलराज भटट्राईले आआफ्नो प्रतिवेदन पेश गरेका संस्थाका उपाध्यक्ष हरि प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...