Home / ताजा समाचार / बिराटनगरमा ट्रकले किच्दा सहचालकको मृत्यु

बिराटनगरमा ट्रकले किच्दा सहचालकको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक / २७ भदौ २०७५
मोरंगको विराटनगरस्थित कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाममा ट्रकले किच्दा सहचालकको ज्यान गएको छ ।

बाहिरबाट ल्याएको सामान अनलोड गर्ने क्रममा ना ५ ख ५८८८ नम्बरको ट्रकका सहचाललाई सोही ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो । बाहिरबाट ल्याइएको खाद्यान्न गोदाममा उनलोड गर्न भन्दा पहिला गाडीलाई मिलाउने क्रममा नाम थर तथा वतन खुल्न नसकेका करिब २२ बर्षिय ति युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कृषि सामाग्री संस्थानको खाद्य गोदाममा भएको घटनाको समयमा कार्यालय प्रमुख समेत कार्यालयमा नभएको पाईएको छ । प्रहरीले ट्रकका चालक काभ्रेको ज्याम्दी गाउँपालिका ३६ बर्षिय बिनोद साहीलाई नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...