Home / खेलकुद़़ / माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि साफ च्याम्पियनसिपको सेमिफाइनलमै रोकियो

माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि साफ च्याम्पियनसिपको सेमिफाइनलमै रोकियो

ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि एकपटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ  ।
खेलको नवौं मिनेटमा कप्तान अक्रम अब्दुल घानीले शानदार फ्रिकिकमार्फत गोल गरी माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

रक्षापंक्तिको कमजोरीमा खेलको अन्त्यतिर नेपालले दुई गोल खान पुग्यो । दुवै गोल इब्राहिम वाहिदले नै गरे । ८४औं मिनेटमा नेपाली डिफेण्डर अनन्त तामाङले डिबक्सबाट क्लियर गरेको बलमा इब्राहिमले गोल गरेका थिए ।

त्यसको तीन मिनेटपछि नेपालले तेस्रो गोल खान पुग्यो । यतिबेला पनि नेपालको रक्षापंक्ति निकै कमजोर देखियो । गोलरक्षक किरण चेम्जोङ आफ्नो पोजिसनबाट अगाडि बढेको अवस्थामा इब्राहिमले नै पेनाल्टी एरियाबाट गोल गरे ।

२७औं मिनेटमा मेघ गर्जनसहितको वर्षा र खराव प्रकाशका कारण खेल केहि समय रोकिएको थियो । करिब आधा घण्टापछि सुरु भएको खेलमा नेपालले गोलका केही अवसरहरु सदुपयोग गर्न सकेन ।

पहिलो हाफको अन्त्यतिर भरत खवास गोल गर्ने सुनौलो अवसरबाट चुक्न पुगे । त्यस्तै ७५औँ मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले पनि त्यस्तै मौका गुमाए । बिमल घर्तीमगर र सुनील बलले गोलको प्रयास गरे पनि सफल हुन सकेनन् ।

समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले त्यसयता भुटानबिरुद्ध ४–० र अन्तिम खेलमा घरेलु टोली बंगलादेशविरुद्ध २–० गोलअन्तरको जित निकाल्दै समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।

सुरुमे गोल खानु परेपछि नेपाली टोली हतोत्साही देखियो भने वर्षाका कारण मैदान हिलो भएपछि नेपाली टोलीमा तालमेलको कमी देखियो ।

x

Check Also

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...

स्थानीय क्षेत्रमा नै फूलको उत्पादन बढे पछि व्यवसायीहरु घाटामा

सप्तरंगी एफएम / डिकेश लामा /  २१ कार्तिक २०७५ झापा÷स्थानीय क्षेत्रमा  उत्पादन बढे पछि भारतबाट ...

गाउँ तथा नगर स्तरिय खुल्ला चेस प्रतियोगिताको उपाधि गौरादहका सरोज कडरियालाई

सप्तरंगी एफएम / २१  कार्तिक २०७५ ग्रामिण पत्रकार मन्च गौरादह- गौरिगन्जको आयोजनामा आज गौरादह कृषि ...

भूटानी शरणार्थीको समस्या समाधानका लागि स्वदेश फिर्तीको माग गर्दै ज्ञापन पत्र

२० कार्तिक, २०७५ / डिकेश लामा भूटानी शरणार्थीको समस्या समाधानका लागि स्वदेश फिर्ती गराउँन माग ...