Home / अपराध / सुनसरीमा जनप्रतिनिधिकै संलग्नतामा भारतीयलाई नागरिकता

सुनसरीमा जनप्रतिनिधिकै संलग्नतामा भारतीयलाई नागरिकता

सप्तरङ्गी एफ.एम. दमक/ २७ भदौ २०७५
सुनसरीमा जनप्रतिनिधिकै संलग्नतामा गैर नेपालीलाई नागरिकता दिइएको खुलासा भएको छ । हरिनगरा गाउँपालिका ३ का वडाअध्यक्ष अरविन्दकुमार मेहेताले आर्थिक प्रलोभनमा परी भारतिय नागरिक सन्तोष कुमार साहलार्ई नेपाली नागरिकता दिलाएका हुन् । नागरिकता लिने साह भारत बिहार राज्यको अररिया जिल्लाको फुलकाहाका नागरिक हुन ।

उनको भारतिय निर्वाचन आयोगको परिचय पत्र समेत छ ।
हरिनगर गाउँपालिका ३ नं वडाको ठेगानाबाट नेपाली नागरिकता प्रमाणपत्र लिएका र उनलाई नागरिकता बनाउन सिफारिस गर्ने व्यक्ति समेत भारतीय नागरिक हुन । सिफारिस गर्नेमा कारी साहका छोरा उदयचन्द्र साह हुन । साहले पनि २०६३ सालमा साविकको पश्चिमकुशाहा गाविसबाट टोलीमार्फत नागरिकता लिएका थिए । यस्तै उदयचन्द्र साहको भारतीय नागरिक समेत रहेका छोरा गुरुदयाल साहका नामबाट सन्तोषकुमार साहले नागरिकता लिएका हुन ।

गैर नेपालीले नागरिकता लिएको भन्दै हरिनगरा ३ गौतमपुरका विरेन्द्रकुमार भगतले जिल्ला प्रशासन कार्यालय सुनसरीमा दिएको उजुरी पछि घटना बाहिरिएको हो । साह इटहरीका साईकल व्यवसायी हुन । नागरिकता दिएको बिषयमा हरिनगरा गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले सिफारिस दिएको बिषयमा गाँउपालिकाको तर्फबाट अनुसन्धान गर्ने जानकारी दिनु भयो ।

 

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...