Home / अपराध / दमकका व्यवसायी खेमराज पौडेलको हत्याको बिरोधमा गौरिगञ्ज बजार बन्द , दमकमा मौन ¥याली

दमकका व्यवसायी खेमराज पौडेलको हत्याको बिरोधमा गौरिगञ्ज बजार बन्द , दमकमा मौन ¥याली

सप्तरङ्गी एफ.एम. दमक/भदौ २८/
दुई दिन अघि झापाको गौरीगञ्जमा हत्या गरिएका दमकका व्यवसायी खेमराज पौडेलको शोकमा आज गौरीगञ्ज वजार वन्द भएको छ ।
झापा उद्योग वाणिज्य संघको आव्हानमा आज एक दिन त्यस क्षेत्रको वजार वन्द गरिएको संघका अध्यक्ष मखना महतोले बताउनुभयो । शोकका कारण गौरीगञ्ज र खजुरगाछीका वजार, पसलहरु वन्द भएका छन् ।
यसैगरि संघले व्यवसायी हत्याको घटनाले असुरक्षा बढेको भन्दै सुरक्षाको माग गरेको छ । संघका पूर्वअध्यक्ष समेत रहनुभएका गौरीगञ्ज गाँउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र वर्तमान अध्यक्ष महतोले व्यवसायी पौडेलको हत्याको घटनाले सुरक्षा चिन्ता बढाएको भन्दै हत्यामा संलग्नलाई हदैसम्म कारवाही गर्न माग गर्नुभयो ।
यता दमकमा पनि व्यवसायी पौडेलको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै दमक उद्योग वाणिज्य संघले विरोध स्वरुप आजनै मौन¥याली निकालेको छ ।
संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाईंले व्यवसायी पौडेलको हत्याको घटनाले असुरक्षा बढेको भन्दै त्यसप्रति प्रशासन गंभीर वन्न माग गर्दे प्रहरी कार्यालयमा ध्यानकर्षण समेत गरिएको बताउनुभयो ।
कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका ३८ बर्षिय कपडा व्यापारी पौडेलको श्रीमती दिपासंगै गौरीगञ्ज बजार ताकेता गएका वेला अपहरणपछि गत भदौ २६ गते हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले स्थानीय सद्धाम हुसैनलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो ।

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...