Home / ट्रेन्डिङ्ग / नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदिपराज पन्तलाई दमकमा सम्मान

नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदिपराज पन्तलाई दमकमा सम्मान

सप्तरङ्गी एफ.एम. दमक/२९ भदौ २०७५

नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदीपराज पन्तलाई सम्मान गरेको छ ।
यूनियनले आज दमकमा एक कार्यक्रमकाबीच अध्यक्ष पन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

पन्तलाई कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले सम्मान पत्रले सम्मानित गर्नु भयो । दमक निवासी पन्त अमेरिका गएर पनि नेपाली पत्रकारिताको विकासमा क्रियाशील रहदै नेजाको अध्यक्षमा निर्वाचित हुँदा दमक र झापालीको शान र प्रतिष्ठा बढेकाले उहाँलाई सम्मान गरेको प्रेस यूनियन क्षेत्रीय समिति अध्यक्ष बिष्णु सुब्बाले बताउनु भयो ।

सम्मान ग्रहण पछि बोल्दै नेजा अध्यक्ष पन्तले आफूहरु अमेरिकामा रहेपनि पत्रकारिता भने नेपाली समाजकै गरिरहेको बताउनु भयो । उहाँले नेपाललाई समृद्धि र विकसित बनाउन तथा अमेरिकामा रहेका नेपालीहरुलाई पहिचान दिलाउने बाटोमा आफूहरु कलम चलाईरहेको बताउनु भयो । उहाँले पत्रकारहरुले प्रभावहीन भएर आफ्नो कलम चलाउनुपर्नेमा जोड दिनु भयो ।

अमेरिकामा रहेका पत्रकारहरुले नेपाल र अमेरिकामा बसोबास गर्ने नेपालीहरुबीच पारिवारिक सम्बन्ध जस्तै कानुनी सम्बन्ध पनि विकास गराउन चाहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र थापाले पूर्वाग्रही नभई खबरदारी पत्रकारिता गर्न आग्रह गर्नु भयो । उहाँले नयाँ नियम, कानुन अनुसार जनप्रतिनिधिहरु चयन भएर आएकाले उनीहरुलाई खबरदारी गर्दै समाजलाई विकासको बाटोमा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताउनु भयो ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य विमल लामिछाने, प्रेस सेन्टरका जिल्ला अध्यक्ष टीकाराम उप्रेती, समाजसेवी चैतन्य बराल, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतमलगायतले बोल्नु भएको युनियन क्षेत्रीय समिति सचिव अर्जुन राजबंशीले जानकारी दिनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...