Home / ताजा समाचार / भूटानी शरणार्थीहरुको जिवन सुधारका लागि जिविकोपार्जन सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइने

भूटानी शरणार्थीहरुको जिवन सुधारका लागि जिविकोपार्जन सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइने

सप्तरंगी एफएम /२९ भदौ २०७५

नेपालमा बाँकी रहेका भूटानी शरणार्थीहरुको जिवन सुधारका लागि  जिविकोपार्जन सम्बन्धी कार्याक्रमलाई प्राथमिकता दिइने बताइएको छ ।

लामो समय देखि भूटानी शरणार्थी रेखदेखमा कार्य गर्दै आएको लुथरन विश्व फेडरेशनका  महासचीव डा. मार्टिन जंगले आज सो कुरा बताउनु भएको हो ।

भूटानी शरणार्थी शिविर बेलडाँगीको अवलोकन गर्दै आज महासचिव डा. जंगले शरणार्थीहरुले चाहाना गरे आफूहरुले अझै पनि धेरै कुरा दिन तयार रहेको बताउनु भयो ।

शिविरमा महिला मञ्च, बाल मञ्च, अपाङग संघ, शिविर व्यवस्थापन समितिको कार्यालय तथा भर्खरै बनेका नयाँ घरहरुको अवलोकन गर्दै डा. जंगले शिविरमा नेतृत्व गर्ने अगुवाहरुलाई धन्यवाद समेत प्रदान गर्नु भएको छ ।

डा. जंग सहित उच्च पदाधिकारीको टोलीले शरणार्थी शिविरमा बसोबास गर्दै आएका शरणार्थीहरुको गुनासो र समेत सुनेका छन् । शरणार्थीहरुले बन्दै गरेको नयाँ घरमा धेरैलाई उचित व्यवस्थापन हुन नसकेको गुनासो समेत राखेका छन् । कतिपय शरणार्थीहरुले घर निर्माणमा विभेद समेत गरिएको गुनासो राखेका छन् ।

यस्तै भूटानीहरुको समस्या दिर्घकालिनमा रुपमा समाधान गर्न माग राख्दै राष्ट्रिय पूनर्मिलन समिति भूटानले ज्ञापन पत्र समेत बुझाएको छ । पत्रमा ससम्मान आफ्नो घर फिर्तीलाई जोड दिन माग गरिएको उल्लेख गरिएको छ ।

पत्र बुझाउँदै समितिका अध्यक्ष कृष्णविर तामाङले लामो समय देखि शरणार्थी जस्तो कहाली लाग्दो जिवन विताएकोले अव यसलाई तत्काल समाधान गर्न माग समेत गर्नु भएको छ ।

भेटमा शिविर सचीवहरु चम्पासिंह राई, टिकाराम रसाइलीले शरणार्थीले पछिल्लो समय पाउने सुविधा कटौती घर निर्माणका भएका समस्याबारे ध्यान दिन आग्रह समेत गरेका छन् ।

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...