Home / ट्रेन्डिङ्ग / भानु माध्यमिक बिद्यालय चुलाचुलीको ४७ औँ स्थापना दिवश बिबिध कार्यक्र्रम गरि सम्पन्न

भानु माध्यमिक बिद्यालय चुलाचुलीको ४७ औँ स्थापना दिवश बिबिध कार्यक्र्रम गरि सम्पन्न

सप्तरंगी एफएम /२९ भदौ २०७५

भानु माध्यमिक बिद्यालय चुलाचुलीले आफ्नो ४७ औँ स्थापना दिवश विभिन्न कार्यक्र्रम गरि मनाएको छ ।

चुलाचुली पाँच बुकुवामा रहेको विद्यालयले शुक्रबार  बिद्यालय परिसरमा बिशेस कार्यक्रमको आयोजना गरि बार्षिक उत्सब मनाएको हो l   बार्षिक उत्सबकै अवसरमा एकहप्ता अघिदेखि खेलकुद, हाजिरि जवाफ, वक्तित्वकला प्रतियोगिता लगायत बिभिन्न कार्यक्रम  गरिएको र सो कार्यक्रममा उत्कृष्ठ बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको सामुदाईक सिकाई केन्द्र चुलाचुलीका अध्यक्ष  विवश बलिभद्र कोइरालाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय बाल दिवसको अवसरमा  चुलाचुली श्रोत केन्द्र अन्तरगतका क्षेत्रमा पाँच देखि बाह्र वर्ष उमेरका कोहीपनि  बालबालिका बिद्यालय बाहिर नरहेको घोषणा समेत गरिएको छ  ।  कार्यक्रमका प्रमुख अतिथि  प्रदेश सभा सदस्य धीेरेन्द्र शर्मा रमणले बिद्यालयको गुणस्तर सुधारका लागि सबैले  आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउपालिका अध्यक्ष प्रदीप चन्द्र राई,उपाध्यक्ष निर्मला दाहाल ,शिक्षा प्रमुख सुर्यप्रसाद नेउपाने,प्रमुख प्रसासकिय अधिकृत छबिलाल खतिवडा,श्रोत व्यक्ति उपेन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो l

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बलमाया लावतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक माधव खनालले गर्नुभएको थियो l

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...