Home / ताजा समाचार / यूनिक कलेजको १६ औं बार्षिक उत्सव सम्पन्न

यूनिक कलेजको १६ औं बार्षिक उत्सव सम्पन्न

सप्तरंगी एफएम /२९ भदौ २०७५

झापाको दमक क्षेत्रमा रहेर लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको यूनिक कलेजले शुक्रबार आफ्नो १६ औं बार्षिक उत्सव मनाएको छ ।

कलेजले  विधार्थीहरुबीच बतृत्वकला  तथा भलिवल  प्रतियोगिता लगायतका कार्यक्रम  गरी  बार्षिक उत्सव मनाएको हो  ।बार्षिक उत्सबकै अवसर पारेर कलेजले बिहिबार  निशुल्क दन्त परिक्षण समेत गराएको  थियो l

पूर्वी नेपालमा गुणस्तर शिक्षा दिन सफल भएको दावी गर्दै आएको कलेजले प्रतियोगितामा उत्कृष्ट हुने विधार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको छ ।

कलेजका संचालक सदस्य लक्षु दास राईको सभापतित्वमा भएको कार्यक्रममा उत्कृष्ट विधार्थीहरु कञ्चन लिम्बु, प्रतिमा मैनाली, सुदिप न्यौपाने, रेजिना गौतम् लगायतलाई कार्यक्रमका प्रमुख अतिथि कलेज संचालक समितिका अध्यक्ष नगेन्द्र बस्नेतले पुरस्कार प्रदान गर्नु भयो ।

कार्यक्रममा क्याम्पस प्रमुख लेखनाथ सेढाईं, सहायक प्राध्यापक शेखर कटुवाल लगायतले कलेजको प्रगति र अध्यापनको प्रभावकारिताबारे बोल्नु हुदै  कलेजलाई सहयोग र साथ् दिनुहुने प्राध्यापक ,विद्यार्थी ,अभिभावक र शुभचिन्तकहरुलाई धन्यबाद ज्ञापन  गर्नुभएको क्याम्पसका प्राध्यापक एबम संचारकर्मी डिकेश लामाले जानकारी दिनुभयो  ।

कार्यक्रम युनिक कलेज साहित्यिक मञ्चको संचालनमा सम्पन्न भएको थियो ।

x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...