Home / ट्रेन्डिङ्ग / उद्दार,सामुदायीक र जनविश्वासको साधारणसभा सम्पन्न

उद्दार,सामुदायीक र जनविश्वासको साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम./ दमक /३० भदौ २०७५

दमकका तीन वटा सहकारी संस्थाले आज आ–आफनो बार्षिक साधारणसभा सम्पन्न गरेका छन् ।

दमक–६ मा रहेको  उद्दार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो  आठौं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
जनमुखी सहकारीको सभाहलमा आयोजना गरिएको साधारणसभामा संस्थाका अध्यक्ष शेरवहादुर भट्टराईको अध्यक्षको प्रतिवेदन र लेखा समितिका तर्फबाट संयोजक देवीभक्त निरौलाले प्रस्तुत गर्नु भएको लेखा प्रतिवदन वन्दसत्रले सुझावसहित पारित गरेको छ ।

जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवरको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा मेची सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई, जनमुखी सहकारीका सचिव नोवलचन्द्र गुरागाई, हिमचुली सहकारीकी अध्यक्ष लीला ढुंगेल दाहाल लगायतले सहकारीका बारेमा बोल्नु भएको थियो ।

सो अवसरमा संस्थाले गएको वर्षमा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत र सम्मान गरेको छ ।

दमक–६ स्थित सामुदायिक सहकारी बचत तथा ऋण कोष लिमीटेडको  साधारण सभा समेत आजै सम्पन्न भएको छ ।

सामुदायिक सहकारीको सञ्चालक समितिको अध्यक्षमा पुनः विजयप्रसाद वराल चुनिनु भएको छ । संस्थाको वन्दसत्रले बरालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा पदमबहादुर वुढाथोकी, सचिवमा भगवान वस्नेत, सहसचिवमा कमल पोख्रेल र कोषाध्यक्षमा लद्दिमाया चौहान सर्वसम्मत चुनिनु भएको छ ।

यसैगरि दमक–९ स्थित जनविश्वास बचत तथा ऋण सहकारीको दशौं बार्षिक साधारणसभा  सम्पन्न भएको छ । वडाध्यक्ष रामबहादुर धिमालको प्रमुख आतिथ्यतामा तथा संस्थाकी अध्यक्ष मीना श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।संस्थाको साधारणसभाले सञ्चालकसहित लेखा समितिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको  छ ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...