Home / ट्रेन्डिङ्ग / दमक ८ को सिद्धिबिनायक गणेश मन्दिरमा सप्ताहब्यापी पुजा उद्घाटनमा चिनारी दर्शन सञ्चालक राजु निरौला समानित

दमक ८ को सिद्धिबिनायक गणेश मन्दिरमा सप्ताहब्यापी पुजा उद्घाटनमा चिनारी दर्शन सञ्चालक राजु निरौला समानित

सप्तरङ्गी एफ.एम. दमक/भदौ ३०/
दमक वडा नम्बर ८ मा रहेको सिद्धिबिनायक गणेश मन्दिरमा सप्ताहव्यापि भजन किर्तन कार्यक्रम सुरु गरिएको छ । गणेश चौथि(मंगल चौथी) को अवसर पारेर हिजो बाट सात दिन सम्म गणेश भगवानको पुजाआजा र भजन किर्तन भैरहेको मन्दिर निर्माण समितिका सचिव प्रदिप कोईरालाले जानकारी दिनुभयो ।
मन्दिर परिषरमा दैनिक साँझ विभिन्न किर्तन समुहले पालोगरेर भजन किर्तन गर्ने क्रम हिँजै साँझ बाट सुरु गरिएको सचिव कोईरालाले बताउनु भयो । दैनिक भजन सन्ध्यामा दमकका लक्ष्मि कृतन मण्डली, पाथिभरा किर्तन मण्डली, शान्तिसमाज हरि किर्तन मण्डली, सिदेश्वर हरि किर्तन मण्डली, शुभेच्छा किर्तन मण्डलीको सहभागीता रहने भएको छ ।
यसै विच हिजो बाट सुरु भएको गणेश पुजा र भजन किर्तनको अवसर पारेर मन्दिरको भौतिक निर्माण तथा अन्य गतिविधि हरुलाइ सामाजिक सन्जाल चिनारि दर्शन मार्फत सहयोग पु¥याएको भन्दै चिनारी दर्सनका सन्चालक राजु निरौलालाइ सम्मान गरिएको छ । निरौलालाई मन्दिर निर्माण समितिका सदस्य कृष्ण पराजुलिले दोसल्ला र मायाको चिनो प्रदान गरेर समानित गर्नुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...