Home / ताजा समाचार / नगरभित्र शान्ति सुरक्षा कायम गर्न गौरादह नगरबासीको माग

नगरभित्र शान्ति सुरक्षा कायम गर्न गौरादह नगरबासीको माग

सप्तरंगी एफएम /गौरादह ३० भदौ २०७५

झापाको गौरादह नगरवासीहरुले नगरपालिका भित्र शान्ति शुरक्षा कायम राख्न माग गरेका छन् ।

इलाका प्रहरीकार्यलय गौरादहको प्राङ्गणमा आज आयोजना गरिएको नागरिका सुनुवाई कार्यक्रममा नगरवासीहरुले नगरभित्र हुने गरेका चोरी डकैती, लुटपाट, लागु औषध शेवनका विषयमा नियन्त्रण हुन नसकेकोमा सर्वत्र चिन्ता व्यक्त गरेका छन् । नगरभित्र शान्ति शुरक्षा कायम गर्न प्रहरी सकृय हुनुपर्ने सर्वसाधारणले जोड दिएका छन् ।

सार्वजनिक सुनुवाईमा पत्रकार डण्डीराज घिमिरेले खुल्ला सिमानाका कारण युवायुवतीहरुमा लागु औषध सेवन वढेकाले यसको नियन्त्रणका लागी ध्यानाकर्षण गराउनुभयो । गौरादह कृषी क्याम्पस प्रमुख जन्मजय गैरेले हालको कृषी क्याम्पस एकान्तमा रहेको र वोटविरुवाहरु वढेर घारी भएका कारण दिउसो त्यस स्थानमा कोही पनि नहुने हुदा लागु औषध सेवनकर्ताको अखडा भएको धारणा राख्नु भयो ।

गौरादह बजार व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र थापाले वजार क्षेत्रमा हुने गरेका चोरी, लुटपाटलाई नियन्त्रण गर्न आवश्यक रहेको वताउदै इजाजत विना भारतिय नम्वर प्लेटका गाडीहरु नेपाल प्रवेश गर्दा रेकर्ड राखिनु पर्ने वताउनुभयो ।

नागरिक सुनुवाइ कार्यक्रममा नागरिकहरुले राखेका जिज्ञासाको जवाफ दिदै दमकका प्रहरी नायव उपरिक्षक स्यामल कुमार सुव्वाले प्रहरी साध्य नभइ साधन भएकाले नागरिकहरुले सुचना दिएर सहयोग गर्नुपर्ने वताउनभुयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...