Home / अपराध / निर्मलाका निम्ति न्याय माग्दै दमकमा आज दिउँसो १ बजे नागरिक भेला हुने

निर्मलाका निम्ति न्याय माग्दै दमकमा आज दिउँसो १ बजे नागरिक भेला हुने

सप्तरङ्गी एफ.एम. दमक/भदौ ३०/
कञ्चनपुरकी बालीका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा संलग्न पक्राउ पर्न नसकेकोमा दबाब दिनको लागी दमकमा आज दबाब कार्यक्रम हुने भएको छ । चौतर्पिm बिरोध हुँदा पनि घटनामा संलग्नलाई अहिले सम्म सरकारले पक्रउ गर्न नसकेको भन्दै निर्मलाका निम्ति न्याय नामक कार्यक्रम गर्न लागीएको आयोजक युथ नेटवर्क दमकका सल्लाहकार मोहन ढुंगाना (मेचि पुत्र) ले जानकारी दिनुभयो ।
आफुहरुको आन्दोलन सरकारको बिरोध र प्रतिपक्षिको समर्थनमा भन्दा पनि बलात्कार पछि हत्या गरिएको बालीकाको न्यायकोलागी भएको नेटवर्कका अर्का सल्लाहकार गोविन्दराज कट्टृलले बताउनु भयो । दिउँसो १ बजे दमकको मुख्य गणतन्त्र चौकमा बालीका निर्मलाको न्यायको लागी सबै सचेत नागरिकहरु भेला हुनको लागी आह्वान गरिएको उहाँले बताउनु भयो । घटना भएको ५० दिन बितिसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारि गर्न उक्त प्रदर्शन हुन लागेको उहाँले बताउनु भयो ।

x

Check Also

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । ...

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम ...

बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

सप्तरंगी एफएम दमक / ०३ माघ २०७५ गौरादह वार्ड नम्बर ५ मा रहेको बालुबथान कृषि ...

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

सप्तरङ्गी एफ.एम. दमक/माघ १/ उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको ...

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...