Home / खेलकुद़़ / संविधान दिवसको अवसरमा आगामी असोज ३ गते दमकमा विद्यालय स्तरीय दमक दौड प्रतियोगिता हुने

संविधान दिवसको अवसरमा आगामी असोज ३ गते दमकमा विद्यालय स्तरीय दमक दौड प्रतियोगिता हुने

सप्तरङ्गी एफ.एम. दमक/भदौ ३०/
आगामी असोज ३ गते दमकमा विद्यायलय स्तरीय दमक रन दौड प्रतियोगिता हुने भएको छ । संविधान दिवसको अबसर पारेर दमक रन समुहले सो दौडको आयोजना गरेको हो । दौडमा दमक नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने दमक रनका अध्यक्ष दिवस राईले जानकारी दिनुभयो । दौडमा प्रथम हुने छात्र तथा छात्राले नगद ७ हजार रुपैयाँ पाउने छन् । त्यस्तै दोश्रो हुनेले नगद ५ हजार, तेश्रो हुनेले नगद ३ हजार, चौथो हुनेले नगद एक हजार तथा पाँचौ हुनेले नगद पाँच सय रुपैयाँ प्राप्त गर्ने दमक रनका सदस्य जीवन चुडालले जानकारी दिुनभयो । दौड दमकको गोरखा डिपार्टमेन्ट भवन अगाडीबाट शुरु भै जेसिज चौक, देवकोटा चौक, शंखधर चौक, भृकुटी चौक, बेलडाँगी रोड हुँदै पुनः गोरखा डिपार्टमेन्ट अगाडी पुगेर सकिन चुडालले बताउनु भयो ।

x

Check Also

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ...

 अमेरिकामा कलाकारको दशैं :सङ्गीतकार टीका भण्डारीबाट टीका ग्रहण

सप्तरंगी एफएम / ४ कात्तिक २०७५ हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ...

दशैंमा चहल पहल बढेको गाउँ टिका लगाए संगै पातलिन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ दशैंका कारण ग्रामिण क्षेत्रमा बढेको चहल पहल पातलिन थालेको छ । ...

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ...

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका ...