सप्तरङ्गी एफ.एम. दमक भदौ ३१
झापाको मेचीनगर नगरपालिका ५ स्थित नकलबन्दा एरियाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिँजो दिउँसो लागुऔषध सहित दमक नगरपालिका वडा नम्बर ३ का २२ बर्षिय सुमित न्यौपाने र १९ बर्षिय मोती दर्जीलाई पक्राउ गरेको हो ।
उनीहरु माथी शंका लागि चेकजाँच गर्ने क्रममा लागुऔषध लुपिजेसिक १७ एम्पुल, फेनारागन १७ एम्पुल र डाईजेपाम १९ एम्पुल फेला पारी बरामद गरिएको हो ।
बरामद लागू औषध सहित दुबैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।