Home / ताजा समाचार / दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

दमक सहकारी, हाम्रो साकोस कमल र जनसेवा गौरिगंजद्वारा आ-आफ्नो साधारणसभा सम्पन्न

  • सप्तरङ्गी एफ.एम. दमक /असोज ३ , २०७५
  • दमकको दमक सहकारी संस्थाले आज आफ्नो १३औं बर्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    आफ्नो भवन परिसरमा भएको साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष धन बहादुर श्रेष्ठलाई अभिनन्दन समेत गरिएको छ ।

    प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्य साथै संस्थाका जेष्ठ सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

     सहकारीले भवनको भाडा बाटै बार्षिक ४० लाख रुपैयाँ आम्दामी गर्ने गरेको जनाईएको छ।

    साधारणसभामा अध्यक्ष धनबहादुर भट्टराईले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र लेखा सदस्य चैतन्य बरालले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो ।

    त्यस्तै

    झापाको कमल गाउँपालिका–५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाले आज दोश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    मंगलवारेस्थित संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि साधारणसभा सम्पन्न गरेको हो ।

    साधारणसभाको उद्घाटनमा अध्यक्ष विरेन्द्र तिवारीले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा समितिका तर्फबाट लेखा सदस्य रिता खतिवडाले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

    दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरेको थियो ।

    सो अवसरमा संस्थाले वालबचत तर्फ २ र उत्कृष्ठ कारोवार गर्ने ५ जना शेयर सदस्यलाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गरेको थियो ।

    गाँउपालिकाका उपाध्यक्ष वेणु शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा जिल्ला सहकारी संघका पूर्व उपाध्यक्ष वलराम गजुरेल, यूनाइटेड बहुउद्देश्यीय सहकारी स्ंसथाका अध्यक्ष ललितकुमार वान्तवा, सुम्निमा कृषि सहकारी संस्थाका प्रमोदकुमार दाहाललगायतले साधारणसभाको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    उता

    झापाको गौरिगञ्जमा रहेको जनसेवा वचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    गौरिगञ्ज मा.वी. को प्राङ्गणमा आयोजना गरिएको साधारण सभामा संस्थाका अध्यक्ष कर्मा सेर्पाले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भयो । प्रस्तुत प्रतिवेदनमा यस वर्ष देखी संस्थाले गौरिगञ्ज २ मा सेवा केन्द्र खोली सेवा दिने तैयारी गरेको छ ।

    संस्थाले सामाजिक कार्यका लागि  आगामी वर्षमा ५० हजार विनियोजित गरेको छ । लेखा समिति संयोजक प्रकाश चन्द्र राजवंशीले ३२ लाख ५७ हजार २ सय संस्थाको कुल शेयर चुक्ता पुँजी र वासलत तर्पm १ करोड ९५ लाख ७८ हजार ८ सय ६४ रहेको प्रतिवेदन पेश गर्नु भयो । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझाव सहित पास गरेको छ ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...