Home / ताजा समाचार / नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका  कारण सार्वजनिक यातायात ठप्प

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका  कारण सार्वजनिक यातायात ठप्प

सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म  सवारी नचलाउने

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ , २०७५

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका  कारण सार्वजनिक यातायात ठप्प भएका छन् ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक सवारी चलाउँने चालकहरुले हिँजो देखि सवारी नचलाउने घोषणा गरेका हुन् ।

ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभए सम्म यातायात सञ्चालन नगर्ने अडान लिएका छन् ।

समितिका केन्द्रिय संयोजक बसन्त शर्माले सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म आफूहरुले सवारी नचलाउने बताउनु भयो ।

वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्म कैद सम्मको फैसला गर्ने व्यवस्था गरेको प्रति असन्तुष्ट रहेको भन्दै संयोजक शर्माले तत्काल उक्त कानुन सच्याउन माग समेत गर्नु भयो ।

सार्वजनिक सवारी साधान नचलेका कारण सर्वसाधारण यात्रुहरु भने मर्कामा परेका छन् ।

About The Author

” ][/author]
x

Check Also

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ...

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको ...

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई ...

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ ...

पार्टी एकिकरणले पुर्णता नपाउँदा असन्तुष्टी आउन थाल्यो : झलनाथ खनाल

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ पार्टी एकिकरणले पुर्णता नपाएकोले पार्टी भित्र असन्तुष्टता आउन थालेको पूर्व प्रधानमन्त्री ...