Home / खेलकुद़़ / संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३
संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा छात्र र छात्राको ३ किलोमिटर दौड गरिएको आयोजक दमक रन समूहका सदस्य जिवन चुडालले जानकारी दिनुभयो ।

प्रतियोगितामा कक्षा ८, ९ र १० का गरी ३ सय जना विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा छात्रतर्फ चुलाचुली बोर्डिङ स्कुलका युवराज लिम्बू प्रथम हुनुभयो । हिमालय माध्यमिक विद्यालयका भुषण ठाकुर द्वितीय हुनुभयो ।

त्यसैगरि पशुपति संस्कृत माविका पूर्ण लिम्बू तृतीय हुनुभएको थियो ।  सरस्वती माविका दिनेश रानामगर चौथो हुनुभयो ।

विजेताले नगद ७ हजार र अन्यले क्रमशः ५ हजार, ३ हजार र १ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरि छात्रातर्फ सरस्वती आधारभूत विद्यालयकी चन्द्रा श्रेष्ठ प्रथम हुनुभयो । हिमाली बोर्डिङ स्कुलकी सासा राई द्वितीय हुनुभयो भने समताकै मनिषा ठटाल तेश्रो वन्नुभयो ।

त्यस्तै, इष्टर्न स्टार बोर्डिङ स्कुलकी सम्झना राई चौथो हुनुभयो । छात्रा तर्पmका बिजेताले पनि क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...